पार्टी दर्ताका लागि बलजफ्ती अपहरण शैलीमा रिसोर्टमा नेताहरुलाई थुनियोः केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश एमाले विभाजन गर्ने गलत नियतबाट आएको बताएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अध्यादेश ल्याउनु सरकारको अधिकार भए पनि यसपटक राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनुपर्ने कुनै बाध्यता नभएको बताएका हुन् ।

उनले चलिरहेको संसद अधिवेशन राति १२ बजे अन्त्य गरेर भोलिपल्ट अध्योदश ल्याउनुपर्ने आवश्यकता नभएको बताए । उनले आफूले ल्याएको अध्यादेशको नियत गलत नभएको बताए । उनले भने,‘ मेरो सरकारले ल्याएको अध्यादेशले त्यस्तो गरेको थिएन । हामीले लोकतान्त्रिक अभ्यासअन्तर्गत अध्यादेश जारी गरेको हो । पार्टीहरुभित्र असहिष्णु भएपछि पार्टी विभाजन हुन्छन् । तर त्यतिबेलाको अध्यादेशको उद्देश्य त्यो थिएन । त्यतिबेला पार्टीभित्र असाधारण विग्रहको अवस्था कुनै पार्टीमा थिएन । १२ बजे अन्त्य गर्ने र भोलि बिहानै अध्यादेश आउँछ । अध्यादेश ल्याउने प्रक्रियामा कानुन मन्त्रालयमा जानुपर्छ । मन्त्रालयले सहमति दिनुपर्छ । त्यसबाट आएपछि मात्र जारी गर्ने हो । जनताका लागि देशका लागि अत्यावश्यक पर्यो भने संसद नभएका बेला जारी गर्ने हो । आध्यादेश जारी गर्नु असंवैधानिक होइन । सदन विघटन भएका बेला हो । समूह विशेषका लागि अध्यादेश होइन । अहिले देश र जनताका लागि राति नै अधिवेशन अन्त्य गरेर त्यस्तो के पर्यो अध्यादेश जारी गर्नुपर्ने कारण ? एमाले विभाजन गर्ने उद्देश्यले अध्यादेश जारी गरेको हो । माधव नेपालजीसँग कति सांसद छन् त्यति संख्या अनुसारको अध्यादेश जारी गरेको भए हुन्थ्यो । उद्देश्य, मनसाय, नियत, विधि र प्रक्रियामा आकाश जमिनको फरक छ ।’

अध्यक्ष ओलीले पार्टीले कारबाही गरेका १४ जना सांसदको पद खाली भएको सूचना सभामुखले जारी नगरको भन्दै आक्रोश पोखेका छन् । उनले भने,‘हिजो त दाँत टाल्न जानु भयो रे । मेरो शुभकामना छ उहाँको दाँत राम्ररी टोलियोस् । हिजो पो दाँत टाल्न जानुभयो । सात दिनसम्म के गर्नुभयो । विचाराधीन भनेर उहाँले पत्र लेख्नुभएछ आयोगलाई । उहाँले सूचना टाँस्ने हो । किन सचिवालयलाई रोक्नु भयो ? सभामुखले निष्पक्षता कायम राख्न सक्नुभएन । एमाले फुटाउने षड्यन्त्रमा सभामुख सामेल हुुनुभयो । कानुनको पालना गर्न नसक्ने, मर्यादा पालना गर्न नसक्ने लोकतन्त्रका लागि अत्यन्त दुःखद कुरा हो ।’

उनले माधव नेपालले रिसोर्टमा लगेर मान्छे थुनेर त्यहाँबाट सिधै निर्वाचन आयोगमा दल दर्ता गर्न नेताहरु लगेको आरोप लगाए । उनले भने,‘यो बलजफ्ती अपहरणको शैली हो । अपवित्र गठबन्धनबाट भएको हो । फकाइ फकाइ लगेर मिठै खान दिएर राम्रो विस्तारामा सुताए पनि थुनिएकै हो चाहे सुनकै विस्तारामा सुताए पनि ।’

उनले हिजोको सरकारलाई काम गर्न नदिएको र आज सरकारले काम नगरेको आरोप लगाए । सरकारले दीर्घकालीन आयोजनाका काम रोक्न पत्राचार गरेको आरोप समेत लगाए । उनले सरकारले देशको समय वर्वाद मात्र गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ