कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिने व्यवस्था गर्न संसदीय समितिको निर्देशन



काठमाडौं । संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक रुपमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकले विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

कोभिडविरुद्धको खोपलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

समितिले कोभिड खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था विद्यार्थीहरुमा आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ ।

समितिले टयूसन फि मात्रै लिएर इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई परीक्षा दिने व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरेको छ । बैठकमा समितिका सदस्यहरुले कोभिडविरुद्धको खोपका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरेर छिटो कक्षा १२ को परीक्षा संचालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

समितिकी सदस्य एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद विद्या भट्टराईले तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोभिड विरुद्धको खोपको आवश्यक व्यवस्था मिलाई कक्षा १२ को परीक्षा लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गरिन् । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले समितिले दिएको निर्देशन अनुसार कक्षा १२ को परीक्षाको आवश्यक व्यवस्था मिलाउन ढिलाई नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
३५ अर्ब ८७ करोडको ल्यायो कोशी प्रदेशले बजेट(पूर्णपाठ)

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस, ‘कुलिङ पिरियड’ दुई वर्ष

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको

सदन खोल्ने विषयमा सत्तापक्षसँग कुनै लेनदेन भएको छैनः उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

करोडभन्दा कमका आयोजना नराख्ने भनिए पनि बजेटमा एक हजारका आयोजना किन राखियो ?

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने