केपी, प्रचण्ड र माधव देखाएर पार्टी चलाउँछु र चिन्ह बेचेर चुनाव जित्छु भन्ने ठान्छ भने त्यो पार्टीको गोठालो हो



डा. युवराज संग्रौला ।

कम्युनिस्ट पार्टीको आत्मा भनेको विचारधारा हा ।। कम्युनिस्ट भाष्यमा त्यो विचारधारा भनेको “मार्क्सवाद लेनिनवाद हो।“ नेपालमा राज्य संचालनको प्रक्रियामा सामेल भएका कम्युनिस्ट पार्टीहरुमा यो विचारधाराको थोरै अंश पाउन पनि गाह्रो छ। अतः नेकपा एमाले, नेकपा माओवादी, प्रस्तावित नेकपा यस जुनसुकैको भविष्य दाउमा छ, कसैले फुर्कनु पर्दैन। जब नागरिकहरु बिस्तारै सचेत हुन्छन्, उनीहरुले पार्टीमा विचारधारा खोज्दछन् व्यक्ति वा ब्रान्ड होइन। ब्रान्डले कम्युनिस्ट पार्टी चल्ने भए अहिले पनि पश्चिम बगालमा भारतीय कम्युनिस्ट पार्टीले शासन गरिरहेको हुन्थ्यो र सोभियत युनियन ज्यूँदै हुन्थ्यो ।

१. त्यसैले, यदि कोही केपी, प्रचण्ड र माधव देखाएर पार्टी चलाउँछु, र चिन्ह बेचेर चुनाव जित्छु भन्ने ठान्छ भने त्यो पार्टीको गोठालो हो, कर्याकर्ता होइन । यी मध्ये कुनै वा सबै रहन सक्छन् र यथार्थ कम्युनिष्ट एकता हुन सक्छ यदि यिनीहरुमा सिद्धान्त र विचारधारा मौलायो भने ।
२. कम्युनिस्ट कार्यकर्ता लठैत होइन, चेतनशील नागरिक हो जो समाजको सकारात्मक परिवर्तनका लागि सक्रिय हुन्छ। त्यस्तो कार्यकर्ताले नेताको सुरक्षा र सम्मान गर्छ, न कि पुजा। व्यक्ति पूजा सामन्ती मन्च हो कम्युनिस्ट अनुशासन होइन ।

३. कम्युनिस्ट कार्यकर्ता आलोचित हुन र आलोचना गर्न डराउँदैन। तर उसले फोहोर र असभ्य भाषा वा कथ्य बोल्दैन। नेपालमा सांसद भएका सम्मका गालिगलौजका शब्द हेर्दा, ऊ कम्युनिस्ट पार्टीबाट फाइदा कमाउने व्यापारी हो कम्युनिस्ट होइन भन्ने बुझ्न सकिन्छ ।

४. एकतावादीहरुले ब्रान्ड र नेताका कुरा नगरेर एमालेमा विचारपतनलाई सच्याउने माग राखेर लडेका भए उनीहरुलाइ हजारौंले माया गर्ने थिए। तर उनीहरुको अलाप नाम र चिन्हमा अल्झियो। यहीँ काहीं समस्या छ। एकता भयो भने पनि विचार पलाउने अवस्था कमजोर छ।
यदि कम्युनिस्ट बन्ने हो र समाजवाद ल्याउन चाहेकै हो भने विचारको कुरा गर्नुहोस्, त्यसो नगर्ने हो भने त रवीन्द्रजीको पार्टीलाई मानिस चाहिएकै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारका अमिर नेपालमा ऊर्जा, यातायात र कृषि क्षेत्रमा सहकार्य गर्न सकारात्मक

काठमाडौँ ।  नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि

दुई दिने नेपाल भ्रमण पूरा गरी कतारी अमिर स्वदेश फिर्ता

काठमाडौँ ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने

संसद तीन ठूला राजनीतिक दलका शीर्षस्त नेताको कब्जा गयो

काठमाडौँ । विसं २०७९ प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म संसदका तीन वटा अधिवेशन पूरा

नेपाल र कतारबीच विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर

  काठमाडौँ ।  नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद,