सचिवालयले भन्यो-वामदेव गौतम एमालेमै हुनुहुन्छ



काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम नेकपा एमालेमै रहेको उनको सचिवालयले स्पष्ट गरेको छ । गौतमको स्वकीय सचिव दीपक टमाटाले आइतबार विज्ञप्ति जारी गरी नेकपा (एकीकृत समाजवादी)को ब्यानरमा गौतमको तस्वीर राखिएको प्रति आपत्ति जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा (एकीकृत समाजवादी) पार्टीमा गैसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन । क.वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्यशैलीप्रीत लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । तसर्थ अन्य खाले प्रचार प्रसार मा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस ‘अर्ली इलेक्सन’को पक्षमा छैनः पौडेल

गोदावरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने

कोरोना संक्रमणबाट ८ जनाको मृत्यु, ८१७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको

यो पाँच दलीय गठबन्धन देशलाई अस्थीरतातर्फ धकेल्न बनाइएको होः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दावी

के यो दोष चोलेन्द्रको मात्रै हो र ?

केशवप्रसाद भट्टराई । १. यिनै मिडिया, यिनै नागरिक समाज, यिनै वकिल मण्डली, यिनै