पार्टीले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्न सभामुखलाई एमाले सांसदहरुको दवाव



काठमाडौं । १४ जना सांसदलाई तत्काल कारबाहीको माग गर्दै नेकपा एमालेका केही सांसदहरु सभामुखको कार्यालयमा धर्ना दिन पुगेका छन् । एमालेले केहीदिन अघि कारबाही गरेका १४ सांसदको नाम नटाँसेको भन्दै एमालेका सांसदहरु शुक्रबार सभामुखको कार्यालय सिंहदरबारमा धर्ना दिन पुगेका हुन् ।

७२ घण्टा बितिसक्दा पनि सभामुख अग्नि सापकोटाले कारबाहीको सुचना सार्वजनिक नगरेको भन्दै बिरोधस्वरुप उनीहरु धर्ना दिन पुगेको एमाले सांसद महेश बस्नेतले जानकारी दिएका छन् ।

धर्ना दिन सांसद महेश बस्नेत, गोकुल बास्कोटा, खगराज अधिकारी, निरु पाल लगायत २० भन्दा बढी सांसद सभामुखको कार्यकक्ष पुगेका थिए । सांसदहरु धर्ना दिन पुगे पनि सभामुख भने कार्यकक्षमा थिएनन् ।

यसअघि बिहीबार पनि सभामुखको कार्यकक्षमा पुगेर नेकपा एमालेका सांसदहरूले उनीहरुको सांसद पद खारेज गर्न दवाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
३५ अर्ब ८७ करोडको ल्यायो कोशी प्रदेशले बजेट(पूर्णपाठ)

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस, ‘कुलिङ पिरियड’ दुई वर्ष

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको

सदन खोल्ने विषयमा सत्तापक्षसँग कुनै लेनदेन भएको छैनः उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

करोडभन्दा कमका आयोजना नराख्ने भनिए पनि बजेटमा एक हजारका आयोजना किन राखियो ?

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने