१४ सांसदलाई तत्काल कारबाही गर्न सभामुखसँग एमालेको माग



काठमाडौं । नेकपा एमालेले पार्टीका १४ जना सांसदलाई कारबाही गर्न सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ ।

बिहीबार सभामुखलाई भेटेर नेकपा एमालेका सांसदहरुले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधव कुमार नेपाल पक्षका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गरेको हो ।

सभामुख सापकोटालाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले नेता विशाल भट्टराईले सभामुख सापकोटाले तत्काल कारबाही गर्छु भन्ने आश्वासन दिएको जानकरी दिए ।

भट्टराईले अरु दलका नेतालाई तत्काल कारबाही गरेपनि ७२ घण्टा बित्न लाग्दासमेत नेकपा एमालेले कारबाही गर्न पठाएका १४ जना नेताहरुलाई कारबाही गर्न विलम्ब गरिरहेको बताए ।

उनले विलम्ब गरेर निर्वाचन आयोगमा दल दर्ता सकेपछि सूचना दिए त्यो गैरकानूनी, गैर संवैधानिक, वदनियत र नेकपा एमालेलाई जसरी पनि टुक्राउँछु भन्ने नियत रहेको बताए । नेपाल पक्षको दल दर्तापछि मात्रै सभामुखले कारबाही गर्छु भन्ने सोचेको भए एमाले चुप लागेर नबस्ने उनले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजदेखि एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि