ओलीले ल्याएको अध्यादेशको उद्देश्य गणतन्त्र सिध्याउनु थियो, अहिलेको लोकतन्त्रको रक्षाः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार छिट्टै हुने बताएका छन् । समाजवादी केन्द्र, नेपालले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले हिजो दर्ता भएको पार्टीको सनाखत भएलगत्तै मन्त्रिपरिषद विस्तार हुने बताएका हुन् ।
उनले हिजोबाट एउटा नयाँ परिस्थिति बनेकाले छिट्टै विस्तार हुने बताए । उनले भने, ‘ अब मन्त्रिपरिषद विस्तार गर्न ढिला गर्नुहुन्न भनेर गठबन्धन दलबीच छिट्टै विस्तार गर्ने समझदारी भएको छ । दर्ता हुन लागेको पार्टीको सनाखत भएपछि विस्तार हुन्छ । यसबारे आजै बिहान पनि छलफल भएको छ ।’
अध्यादेश भनेको अध्यादेश नभएको भएको भन्दै उद्देश्य फरक हुँदा केपी ओलीले ल्याउँदा अध्यादेशको विरोध गरेको बताए । उनले भने, ‘केपी ओलीले अध्यादेश ल्याउँदा विरोध गरेको हो । अहिले फेरि त्यही अध्यादेश आएको छ । एउटा अध्यादेशको उद्देश्य गणतन्त्र सिध्याउनु थियो । अर्को अध्यादेश लोकतन्त्रलाई जोगाउनु थियो । अध्यादेश त उही हो ।’