माधव नेपाल पक्षद्वारा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन, चुनाव चिन्ह खुला किताब



काठमाडौं । लामो समयको विवादपछि अन्ततः नेकपा एमाले विभाजन भएको छ । बुधबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

नेपाल पक्षले नयाँ दल दर्ताका लागि बुधबार आयोगमा निवेदन दिएको हो । नेपाल पक्षले नेकपा एमाले समाजवादी नामक दल दर्ताका लागि आयोगमा निवेदन दिएको हो। । निवेदनमा पार्टीको चुनाव चिह्न खुला किताब प्रस्ताव गरिएको छ ।

नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहेका छन् । नेता राजेन्द्र पाण्डेका अनुसार नयाँ पार्टीमा प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी ३१ जना सांसद रहेका छन् । पाण्डेले आज दल दर्ताका बेला अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल र ९५ जना केन्द्रीय कमिटी सदस्य छन् । उनले साविक नेकपा एमालेबाट आफूहरूको पार्टीमा ५८ जना केन्द्रीय सदस्य आएको जानकारी दिए ।

चुनाव चिन्ह भने के राख्ने भन्ने अझै टुंगिएको छैन। किताव प्रस्ताव गरिएको थियो। अब कलम वा अरू केही चुनाव चिन्ह हुन सक्ने पाण्डेले बताए । त्यसअघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी थिइन् ।

राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ । सोही अध्यादेशको जगमा एमाले विभाजित बनेको हो । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

दोस्रो पुस्ताका नेताले छाडे माधव नेपालको साथ
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई लामो समयदेखि दिँदै आएका दोस्रो तहका अधिकांश नेताले नयाँ दल दर्ता गर्ने समयमा भने साथ छाडेका छन् । एमाले विवाद समाधान गर्न गठित कार्यदलका सदस्यसहित दोस्रो तहका नेताले नेपालको साथ छाडेका हुन् ।

उपाध्यक्ष डा. भीम रावल, उप–महासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त, योगेश भट्टराई, भीम आचार्य, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले साथ छाडेका हुन् । उनीहरु पार्टी एकताका लागि नेपाल पक्षमा रहेर लामो समयदेखि अध्यक्ष केपी ओलीलाई दवाव दिँदै आएका थिए । नेपाललाई बेदुराम भुसाल र मुकुन्द न्यौपानेले मात्र साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र इरान युद्धविरामका लागि सहमत

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम कार्यान्वयनमा आएको बताएका

स्वर्णिम वाग्लेको प्रश्नः बैरागी स्वयं शंकको घेरामा हुनुहुन्छ, शंकाको घेरामा रहेको व्यक्तिले कसको छानबिन गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणबारे सरकारले

भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुने गृहमन्त्रीको दाबी

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति

‘टेक एन्ड पे’ का विषयमा एमाले र कांग्रेसबीच समझदारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले