तिमी मन्त्री–सांसद र न्यायाधीश भएर मात्र उठ्छ देश ?



केशवप्रसाद भट्टराई ।
संसारका श्रेष्ठतम विश्वविद्यालयहरूमा विश्वका कुनै पनि कुनामा बस्ने मानिसलेअनलाइनबाटै प्रवेश परीक्षा दिएर उत्तीर्ण हुन सक्दछन् ,
नियमित जस्तै समान मान्यताका स्नातक, स्नातकोत्तर र विद्यावारिधि डिग्रीहरूका परीक्षाहरू घरमै बसेर अनलाइनबाटै त्यस्तै श्रेष्ठतम विश्वविद्यालयहरूबाट लिन दिन सकिन्छ ।
हामी सक्दैनौ ?

चार पाँच लाख विद्यार्थीमध्ये केही हजारलाई अनलाइन सुविधा नहोला , तर स्कूल, केन्द्र, प्रदेश र स्थानीय सरकारले त्यस्को विशेष व्यवस्था मिलाउन सक्लान् नी ! दुई वर्ष भयो हामीले स्कूल भर्नाभएका सवैलाई थोकमा एस.इ.ई.को प्रमाण पत्र दिने गरेका ।
परीक्षाको लागि मात्रै पढ्ने र पढाउने हाम्रो अभ्यासमा परीक्षामा स्वत जस्तै उतीर्ण हुने भए पछि ?
किन पढ्ने ? किन पढाउने ? बरू पढ्ने पढाउने समयमा दलको झन्डा बोकेर जुलुसमा जाने !

सरकारको परीक्षाबोर्डको काम भनेको स्कूलले पठाएको अङ्क चढाउने र अङ्क तालिका छापेर पठाउने मात्रै हो ?
११ –१२ को अवस्था पनि खासै फरक भएन ! यी परीक्षामा श्रेष्ठतम अङ्क ल्याएका विद्यार्थीहरूमा सन्तुष्टि र गौरव अनुभव भएको होला ?
अभिभावकको मनमा पनि ‘‘ ??? यही समूहबाट आउने हुन् हाम्रा भविष्यका डाक्टर, इन्जिनियर,प्राध्यापक, शिक्षक, वकिल र पत्रकारहरू !
कोरोना नेता भएर पार्टी चल्ला, कोरोना अधिवेशन अनि कोरोना सभापति, महासचिव भएर काम होला , तर
कोरोना म्याट्रिक, कोरोना डिग्री,कोरोना डाक्टर, कोरोना इन्जिनियर, कोरोना शिक्षक,–प्राध्यापक ,कोरोना पाइलटहरू,राजदुत, सचिव र महानिर्देशकहरू भएर देश चल्छ ?

परीक्षालाई यस्तो सस्तो र ख्याल ख्यालको विषय बनाएर बन्छ विद्यार्थीको भविष्य ? पार्टीलाई पो ढुङ्गा हान्ने, रेलिङ्ग उखेल्ने,बन्दुक, लाठी र मुड्की बजाउने, मेच भाँच्ने विद्यार्थी, नेता, सांसद , मन्त्री भए भो ! देशलाई पनि त्यस्तै भए हुन्छ , भन्ठानेका छौ ? योग्य, सक्षम, आत्म विश्वास र स्वाभिमान भएका युवा चाहिन्न देशलाई ? तिम्रो दल भएर, तिमी मन्त्री–सांसद र न्यायाधीश भएर मात्र उठ्छ देश ?
तिम्रा ढुङ्गा हान्ने र टायर बाल्ने अराजक भीडले बनाउँछ देश ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखराको प्राइम सहकारीका अध्यक्षसहित आठजना पक्राउ, एक अर्ब ५४ करोड अपचलनको आरोप

कास्की । पोखरा महानगरपालिका–४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी

सरकार सहकारी पीडितहरुको मर्काप्रति संवेदनशील नदेखिएको कांग्रेसको टिप्पणी

काठमाडौँ । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेको छ

संसदमा कांग्रेसको अवरोध कायमै, बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध कायमै