आगामी रणनीति तय गर्न माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । आज बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको छ ।बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् ।

संसद् पुनःस्थापना र नयाँ सरकार गठनपछि पहिलो पटक नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा लिन बैठक बोलाइएको नेपाल पक्षले बताएको छ ।

अध्यक्ष केपी ओली पक्षले नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाउँदै बैठकमा भाग नलिन विज्ञप्तिमार्फत नेताहरुलाई आग्रह गरेको छ । बैठकमा जाने नेता कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी ओली पक्षले दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको