माधव नेपाल समूह सरकारमा नरहनु भनेको त्यो गठबन्धनको अङ्ग पनि नहुनु हो



केशवप्रसाद भट्टराई ।

माधव नेपाल समूह सरकारमा गएर सरकारलाई सहयोग गर्दैन भने देउवाजी नैतिक, राजनीतिक र कानुनीरूपमा पनि प्रतिनिधि सभा विघटन र चुनाव घोषणागर्न वाध्य हुनुहुन्छ , होइन ?

१. शेरबहादुर देउवाजी काङ्ग्रेस सभापति वा काङ्ग्रेस संसदीय दलको नेताको हैसियतमा प्रधान मन्त्री हुनुभएको होइन !
काङ्ग्रेसले उहाँलाई बनाएको पनि होइन !
सांसद शेरबहादुर देउवालाई प्रचण्ड र माधव नेपाल समूहले समर्थन गरे जस्तै काङ्ग्रेसका सांसदहरूले समर्थन गरेका हुन् !
त्यसैले देउवा सरकारका प्रति एउटा काङ्ग्रेस सांसदको जति दायित्व छ त्यत्तिकै दायित्व माधव नेपाल समूहका सांसदहरुको छ ।

२. त्यसमाथि वर्तमान सरकारी गठबन्धनका अङ्ग हो, माधव नेपाल समूह !
माधव नेपाल समूह सरकारमा नरहनु भनेको त्यो गठबन्धनको अङ्ग पनि नहुनु हो ।
माधव नेपाल समूहको समर्थनलाई समेत आधार मानेर सर्वोच्चले देउवाजीलाई परमादेशद्वारा नियुक्त गराएको हो
उहाँहरूको हस्ताक्षर अदालतमा सुरक्षित छ !
त्यसको अर्थ सरकारको बहुमतसँग जोडिन आउँछ !

३. प्रतिपक्षले त्यो सवाल अदालतमा पनि उठाउन सक्दछ !
अनि अदालतले ???
त्यसले सरकारमाथि नैतिक र राजनीतिक कानुनी प्रश्न उठ्न सक्दछ !
राजनीतिक र कानुनी जटीललता र सङ्कट बढ्न सक्दछ !
एक महिना हुन लाग्दा पनि सरकारलाई पूर्णता दिन नसकिरहेको सरकारका लागि पाइला पाइलाका सङ्कट झेलेर थप अलोकप्रिय बन्ने स्थिति आउन नदिन प्रतिनिधि सभा विघटन गरेर नयाँ चुनाव घोषणागर्नु देउवाजीकालागि सुरक्षित विकल्प लाग्दछ !
प्रतिनिधि सभा विघटन गर्ने , छ महिना भित्र सवैलाई खोप उपलव्ध गराउने र चुनावमा जाने !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा