चिन्तन, धारणा तथा स्मृति



डा. गोविन्दशरण उपाध्याय ।

धीलाई मनुस्मृतिले धर्मको सातौं लक्षणमा, याग्यबल्क्यले पाँचौं र अन्य शास्त्रहरूले पनि धर्मकै रूपमा ग्रहण गरेका छन् । संस्कृतमा धीः (धै – चिन्तन) शब्दको अर्थ बुद्धि, मन, विचार, कल्पना, उप्रेरण, आशय, प्रयोजन तथा सिकाई ( learning) हो । बुद्धिको काम नै सिक्ने, सिकाउने र बुझ्ने हुन्छ । असलमा, आमाको गर्भमा आएपछि मान्छेको सिकाई–क्रिया आरम्भ हुन्छ । श्रीमद्भागवतको सातौं स्कन्धमा आमा कयाधुको गर्भमै रहंदा प्रह्लादले सिक्न थालेको प्रसंग उल्लेख छ भने अभिमन्यु;ले पनि गर्भमै युद्धकला सिकेको भन्ने महाभारतमा उल्लेख छ । आधुनिक मनोविज्ञानले पनि गर्भमा रहेको शिशुलाई वाहिरी वातावरणले प्रभाव पार्छ भन्ने स्वीकार गर्छ ।

महाराज मनुले सिकाईलाई धर्ममा समावेश गरेर मनुष्य जातिमा ठूलो गुण लगाउनु भएको छ । मान्छेको सिकाई–प्रक्रिया बुद्धिको विकास नहुँदै आरम्भ हुन्छ । नवजात शिशुले सर्वप्रथम स्पर्शका माध्यमबाट (मुखको प्रयोग गरेर) चीसो, तातो, मनतातो सिक्छ । त्यसपछि आँखा, कान, नाक र जीब्रोले प्रकाश, ध्वनी, गन्ध तथा स्वादहरू सिक्छ र अनुभवका माध्यमबाट यिनका विविधता पनि सिक्दै जान्छ । सिकाई प्रक्रिया आजीवन चलिनै रहन्छ । आरम्भमा ज्ञानेन्द्रीयका माध्यमबाट आरम्भ भएको सिकाई उमेर बढ्दै जाँदा कर्म–इन्द्रीय र अनुभवमा विकसित हुन्छ । सिकाईका माध्यमहरू बढ्दै जान्छन् ।

मनुस्मृतिले सीकाई (चिन्तन)को लक्ष निःश्रेयस हुनुपर्छ भन्छ । धृति, क्षमा, दम, इन्द्रीय निग्रहआदि असल गुणहरू बाल्यकाल देखिनै सिक्नुपर्छ । मातापिताको सम्मान गर्ने, विद्वानहरूको आदर गर्ने, सत्य, अहिंसा, तप, नयाँ कुरा बुझ्ने चासो, सहिष्णुता, वाद, अतिथि–सम्मान, सेवा, जिज्ञासा, विनम्रता, सुशीलताजस्ता गुणहरू पनि सिक्नुपर्छ । लौकिक जीवनका लागि उपयोगी सीपहरू पनि सिक्ने क्रिया नै हुन् । यदि बाल्यकालदेखि असल गुणहरूको अभ्यास गरिन्छ भने ती असलगुणहरूले असल कर्मका लागि पृष्ठभूमि तयार गर्छन् । असल चरित्र भएको व्यक्तिले कमसल कर्म गर्नै सक्दैन ।

संस्कृतमा धृतिको अर्थ हो धारण गर्नु हो । सिकिएका असल गुणहरू लौकिक जीवनलाई सहज बनाउनु पर्छ । लौकिक–जीवन सहज हुनुको अर्थ जथाभावी इन्द्रीयहरूको प्रयोग होइन । इन्द्रीयहरुको अत्याधिक प्रयोग गर्नाले तिनको प्राकृतिक ह्रास हुन्छ । धर्मको अर्थ पनि धारण गर्नुनै हो तर धर्मशब्द निकै व्यापक छ भने “धृति” व्यक्तिमा आधारित हुन्छ । असलगुणहरू धारण गर्ने र तिनको जीवनमा उपयोग गर्ने क्रिया मान्छेमा निर्भर हुन्छ । द्रव्य वोधक अर्थमा वाहेक गुणवोधक सबै गुणहरू मनुष्यमा लक्षित हुनसक्छन् ।

कस्तो गुण जीवनका लौकिक र परमार्थका लागि उपयोगी हुन्छन् ? यो विषय बडो जटील छ भने असलगुणहरूलाई दैनिक जीवनको “धर्म”का रूपमा रुपान्तरित गर्ने क्रिया अझै जटील छ । त्यसैले वेदमा “असल आचरण नै मनुष्य”को प्राथमिक धर्म हो भनेर अग्रीम महत्व दिइएको छ । उदाहरणका लागि “विद्वान व्यक्ति विनयी हुनुपर्छ” यस्तो आदेश शास्त्रले दिन्छ तर अधिकांश विद्वानहरू निकै अभिमानी हुन्छन् । यसको अर्थ हो – ज्ञान भएर हुँदैन, ज्ञानमा प्राप्त भएको गुण जीवनमा घटित हुनुपर्छ । मातृदेवो भवः अर्थात् मातापिताको सेवा गर्न भन्ने जानेर मात्र हुँदैन, मातापिताको सेवा गर्नुनै “धृति” हो । मान्छेले धेरै कुरा जानेको हुन्छ तर ती मध्ये व्याबहारिक जीवनमा थोरैमात्र “धारण” गरेर दैनिकीमा प्रयोग गर्छ ।

सम्झन सक्ने गरी राखिएको ज्ञान नै स्मृति हो । सांख्य, योग, मीमांसाआदि दार्शनिकहरूका अनुसार सबैभन्दा पहिले ज्ञानेन्द्रीयहरूका माध्यमबाट सरल संवेदनाहरू प्राप्त हुन्छन् । बुद्धिले ती संवेदनाहरूलाई “सरलता र गहनता”का आधारमा छाँटकाँट गर्छ । गहकिला संवेदनाहरू ज्ञानको भण्डारमा सुरक्षित गरिन्छन् । ज्ञानको भण्डारमा सुरक्षित गरिएका संवेदनाहरूनै स्मृति हुन् । स्मृति शक्ति हो, साधन हो, औजार हो । स्वास्थ्य स्मृतिले धेरै समय बुद्धिले सङ्ग्रह गरेर स्मृतिको भण्डारमा राखेका विषयहरूलाई आवश्यकताको बखतमा तुरुन्त वाहिर निकाल्छ भने अस्वस्थ्य स्मृतिले यस्तो क्षमता गुमाएको हुन्छ ।

स्मृतिले दैनिक प्रयोगमा आवश्यक पर्ने विषयवस्तुहरूलाई “माथिल्लोसतह” सङ्ग्रहमा राखेको हुन्छ भने अतिकम रूपमा प्रयोग वा उपयोग गरिने सूचनाहरूलाई भित्रितहमा संग्रहित गरेको हुन्छ । केही ज्ञानहरू यस्ता हुन्छन्, जुन जीवनमा एकपटकमात्र उपयोग गरिन्छन्, यस्ता विषयवस्तुहरूलाई बुद्धिले स्मृतिको गहिराईमा लगेर थुपारी दिन्छ । ती स्मृतिमा जीवित हुन्छन् तर जीवनमा उपयोगी हुँदैनन् । स्मृतिको गहिराईमा भण्डारण गरिएका ज्ञानका विषयवस्तुहरूलाई समयसापेक्ष रूपमा वाहिर निकालेर प्रयोग गर्ने सक्ने क्षमता भएका व्यक्तिलाई बुद्धिमान् वा ज्ञानी भनिन्छ । बुद्धिमान् वा ज्ञानी भनिनका लागि स्मृतिमा भएका विषयवस्तुहरूको उपयोगिता र प्रयोग जान्नुपर्छ ।

बुद्धि, ज्ञान, विवेक, मेधाआदि शब्दहरू स्मृतिकै वरिपरी काम गर्छन् । संवेदनाका अभावमा बुद्धिले स्मृतिमा उपलब्ध सामग्रीहरूकै उपयोग गरेर “नवीन ज्ञान”को सृजना गर्छ । नैतिकता, शुभ–अशुभ, उचित–अनुचितसहित प्रक्कपना मूलतः स्मृति र अनुभवका आधारमा बुद्धिले अन्तःकरण मैं निर्माण गरेका साध्य हुन् । अन्तःकरणमा कल्पिने सबै ज्ञानका विषयहरूको “पदार्थ” आवश्यक हुँदैन । मान्छेले तेही सिक्छ, जुन उसका लागि उपयोगी हुन्छ । तिनै कुरा र तत्थ्यहरूको सङ्ग्रह गर्छ, जुनमा उसले भविष्यका लागि उपयोगिता वा उपादेयताको अनुमान गर्छ । यही भविष्य वा वर्तमानका लागि सङ्ग्रह गरिएका सूचनाहरूनै स्मृतिका विषय हुन्छन् ।

यसरी, सिकाई, धारणा र सम्झना ( learning, bearing and memory) एकआपसमा गाँसिएका हुन्छन् । सिकाई प्राथमिक क्रिया हो, धरणा बौद्धिक प्रक्रिया हो भने सम्झना सिकिएका विषयहरूको व्यबस्थापन हो । यदि सिकिएको ज्ञान ठीक–ठीक तरिकाले सिकिएको छ भने त्यो साम्ररी जीवनको लागि उपयोगी बन्छ र स्मृतिमा सुरक्षित हुन्छ । अन्यथा, जुन तीब्रताले संवेदनामा प्रवेश गरेको थियो, त्यसरी नै स्मृतिमा नपुगी नष्ट हुन्छ । वैदिक–विज्ञानले स्मृतिज्ञानलाई धेरै महत्व दिएको छ । वेदहरू श्रुति हुन् भने उपनिषद, पुराण र मनुस्मृतिआदि स्मृति ग्रन्थ हुन् । स्मृति ज्ञान इतिहाससँग जोडिएको हुन्छ भने श्रुति ज्ञान केवल वैराग्य, मोक्ष, निरपेक्ष विज्ञानसँग जोडिएको हुन्छ । स्मृतिज्ञानका तुलनामा श्रुति ज्ञान बढी महत्वपूर्ण हुन्छ भन्ने वैदिक मान्यता रहेको छ । यद्यपि, ज्ञानका सवालमा स्मृति ज्ञान कि श्रुतिज्ञान ठूलो भन्ने विवाद अनावश्यक हुन्छ किनभने दूवै ज्ञानप्रणालीको आ–आफ्नो महत्व छ ।

आधुनिक मनोविज्ञान होस् वा दर्शनशास्त्र दूवैको आधारतत्व भनेको श्रुति–परम्परा हो । श्रुतिले स्मृतिको रचना हुन्छ ्र यदि श्रुति र स्मृतिमा बीच प्रामाणिकता सम्वन्धि समस्या उत्पन्न हुन्छ भने वैदिकहरूले श्रुतिलाई महत्व दिनु पर्ने तत्थ्य प्राचीनकालदेखिनै स्वीकार गर्दै आएका छन् । यसमा पश्चिमा र पूर्वीयहरूका बीचमा मत बाझिएको छ । यहाँ बुझ्नु पर्ने तत्थ्य के हो भने चाहे पश्चिमा बौद्धिक परम्परा होस् वा पूर्वेली दूवैले सिकाईमा श्रुति र स्मृति दूवैको महत्वपूर्ण योगदान हुने तत्थ्यमा विवाद छैन । नेपाली परम्परामा श्रुति तथा स्मृति दूवै परम्पराहरूले दैनिकीमा महत्व प्राप्त गरेका छन् । यद्यपि प्राचीनकालमा “श्रव्य, लेख्य, दृश्य” साधनहरूको विकास नभएको अवस्थामा श्रुति तथा स्मृतिले जुन अर्थको प्रतिनिधित्व गर्थ्यो, त्यसमा परिवर्तन आएको छ । प्राचीनकालमा स्मृति–ग्रन्थहरूले नैतिकताको मानदंड प्रस्तुत गर्थे भने आज “स्मृति” अर्थ र प्रयोग “स्मरणशक्ति”संग बढी जोडिएको छ ।

ईश्वरले मान्छेको सृष्टि एउटा जिज्ञासु, तर्कशील सधैं नवीनताको खोजि गर्ने स्वतन्त्रताका साथ गरेको छ । त्यसैले समय, परिस्थिति र तत्कालीन आवश्यकताअनुसार सिक्ने विषयवस्तु परिवर्तित हुन्छन्, धारण गर्नु पर्ने प्राथमिकता परिवर्तित हुन्छन् र स्मृतिका विषयवस्तुहरूको उपयोगिताअनुसार बुद्धिले चयन गर्छ । यति हुंदाहुँदै पनि “धर्म” (सद्कर्म वा सद्गुण”का विषयवस्तुहरू परिवर्तित हुँदैनन् । क्षमा, करूणा, सेवा, सत्याग्रह, इन्द्रीय निग्रह, दम, अस्तेय, अक्रोधजस्ता सद्गुणहरू स्थायी रहन्छन् । यी गुणहरू सबै ठाउँ, काल र परिवेशमा स्वीकार्य र बान्छनीय रहन्छन् । यही सनातन संस्कृतिले स्वीकार गरेका सद्गुणहरू धी, धृति र स्मृतिको स्वरूप हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ