प्रचण्डको व्यस्तताका कारण माओवादीको स्थायी कमिटी बैठक स्थगित



काठमाडौ । नेकपा माओवादी केन्द्रको आज बस्ने तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ । दिउँसो ३ बजेका लागि पार्टी मुख्यालय पेरिसडाँडामा बोलाइएको बैठक स्थगित भएको हो ।

नेताहरुको व्यस्तताका कारण बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र स्थायी कमिटी सदस्यहरुको व्यस्तताका कारण बैठक स्थगित भएको उनले बताए । माओवादीले आजको बैठकबाट सरकारमा पठाउने थप मन्त्रीको टुंगो लगाउने तयारी गरेको थियो ।

सत्तारुढ दलहरु भित्र सरकारमा सहभागी हुने मन्त्री छनौट हुन नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । प्रधानमन्त्री देउवाले कांग्रेसबाट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका छन् भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाएका छन् ।

यस्तै कांग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । थप १९ मन्त्रीको नियुक्तिमा एमालेको माधव नेपालको निर्णय र कांग्रेस, माओवादी र जसपाबीच शक्ति सन्तुलनमा ठोस सहमति नहुँदा ढिलाइ भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङमा ३८ वनमा आगलागी, १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

  मलेखु (धादिङ) । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको

निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुपर्छः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री

अनावश्यक विदा, आममाफीका नाममा पहुँचवाला अपराधीलाई मात्र छुटको विषयमा लगातार काम गरिरहेको छुः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अनावश्यक विदा र ‘भिआइपी सवारी’ का