राजनीतिका नाममा ढाँट्ने, खेल्ने र लुट्नेको नकाव उतारेर शिक्षित युवालाई नेतृत्वमा पुर्याउनुपर्छ



डा. युवराज संग्रौला ।
सन् १९०९ मा सांघाइमा युथ भन्ने पत्रीका प्रकाशित गर्ने एक देशभक्त विद्वान छङ्ग दुसिउ (ऋजभलन म्गहष्ग) ले एउटा कविता लेखे। उनको भाव थियो, ‘चीन विदेशीको लूटको शिकार भएको छ, यो निरीह भएको छ, संकटले ग्रस्त छ । जसलाई यो देशको दुरावस्थाप्रति चिन्ता सरोकार छैन, आफ्नै स्वार्थमा मग्न छ, उसको मुटु दुख्दैन। तर जो सचेत छ, देशको हालत देखेर पिरोलिन्छ, उसको मुटु दुख्छ।’ उनको यो कविताले पुरै चीनमा तरंङ्ग निर्माण गर्यो । नेपालको अवस्था पनि त्यस्तै छ। नेपालको संकटलाई प्रयोग गरेर सत्तामा बासीरहने र त्यसलाई प्रयोग गरेर सत्तामा पुग्नेका बीचको घिनलाग्दो खेलको नाम राजनीति बनेको छ ।

१. १८४० मा बेलायत, फ्रान्स, जर्मनी, स्पेन, पोर्चुगाल सहित आठ युरोपेली साम्राज्यवादी शक्तिले चिनियाँ छिङ्ग सम्राटलाई ४०० वटा असमान सन्धि गर्न बाध्य पारे। चिनियाँ बजार कच्चा पदार्थ र खानीहरुमा विदेशीको एकाधिकार भयो। बेलायतले उत्तर भारतमा अफिमको खेती गरेर चीनमा अफिमको ब्यापार शुरु गर्यो। चिनियाँ जनता अफिमको लतमा लठ्ठ भए । सन १८९० मा चिनियाँ देशभक्तहरुले विदेशीका विरुद्ध बिद्रोह गरे जसलाई बक्सर युद्ध भनिन्छ। तर हारे ।

२. तब उप्रान्त चिनियाँ छिङ्ग सम्राट पुतली शासकमा परिणत भयो। सन १९०१ मा अर्को असमान सन्धि गर्न चीन बाध्य भयो। यस सन्धिले चीनलाई बक्सर युद्धमा भएको क्षति भन्दै ४५० मिलियन सिल्भर टेल्स (अहिलेको मुल्यमा करिब ४५० बिलियन डलर) हर्जना तिर्न बाध्य पारे जो चीनको बुतामा थिएन । त्यो भुक्तानी नगर्दासम्म चर्को ब्याज तिर्नुपर्ने भयो। सबै चिनियाँ जनताका थाप्लामा यो जिम्मेवारी हालियो। राज्यलाई ऋृण तिर्न बिशेश कर तिर्दा चिनियाँ जनता कंगाल भए।

३. नेपालको अवस्था यो भन्दा पृथक छैन। सन् १८१६ मा बेलायती साम्राज्यवादको आक्रमणबाट देशको ठूलो हिस्सा लुटियो। युद्धमा अर्थतन्त्र ध्वस्त भयो। सेना क्षतबिक्षत भयो। नेपाली जनताको मनोविज्ञान शिथिल भयो। १८१५ मा भएको युद्ध समाप्तिको मलौन संझौताले नेपाली युवालाई भेलागरेर भाडाका सैनिक बनाउने प्रचलन शुरु भयो। यो प्रचलनलाइ बिस्तारै राणाशाहीले कानुनी मान्यता दियो। नेपालको पैसा विदेशमा नचले पनि नेपाली युवा बिक्री हुने बस्तु भयो। १९१४ मा नेपालबाट दुई लाख पचास हजार युवा पहिलो विश्वयुद्धमा लगिए, र ८६ हजार युद्धमै मारिए। १७ हजार त फ्रान्सको लुज भन्ने ठाउँमा केहीदिनमै मारिए। लंडाइँ सकिए पछि, थोरै युवा ९ हात सेतो कपडा र १५० पौण्ड पैसा लिएर घर फर्के। १९२३ मा देशमा डरलाग्दो अनिकाल पर्यो। खेती गर्ने युवा पनि थिएनन् पानी पनि परेन। नेपाल जनसंख्या नै घट्यो कोही मरे कोहि विदेशिए भारत तिर ।

४. फेरि १९४१ मा दोस्रो विश्वयुद्ध भयो। चारलाख युवा घरघरबाट निकालियो। १०९ हजार युद्धमा मारिए। जब युद्ध सकियो तिनको ब्यापार गर्ने सन् १९४७ को त्रिपक्षीय सम्झौता राणाशाही, बेलायत र भारतले गरे । सन १९२३ मा प्रथम विश्व युद्धमा २ लाख युवाको जीवन दिएबापत नेपाल स्वतन्त्र रास्ट्र हो भनी उपनिबेशी भारतीय सरकारले मान्यता दियो । कस्तो बिडम्बना ५००० बर्ष पुरानो देशले स्वतन्त्र हो भनी कुहिरेको प्रमाणपत्र लिनुपर्ने ! तर त्यो पनि उसको नियन्त्रण भित्र रहेर । नेपालको स्वतन्त्रता गाइडेड इन्डिपेन्डेन्स अर्थात् “डोर्याइएको स्वतन्त्रता“ मा सीमित भयो। १९५० मा स्वतन्त्र भारतले नेपाललाई बेलायतले गरेकै अदपमा राख्यो। महाकाली सन्धि भयो र अन्तमा १२ बुँदे । अहिले एमसीसी । आजसम्म आइपुग्दा नेपाल २०० वर्षको अपमानित इतिहास बोकेर हिँड्न बाध्य छ र ८० प्रतिशत जनता गरीबीको चपेटामा।

५. चीनमा १९११ मा गणतन्त्र आयो तर विदेशी हैकम सकिएन । नेपाल १९५१ मा राणाशाहीबाट मुक्त भयो। तर विदेशी हैकम सकिएन। १८५६ मा राजाले बेलायतलाई नेपाल भित्रै अखडा खोलेर नेपाली युवा गोर्खा ब्रिगेडमा भर्ती गर्ने अनुमति दिए, कम्तीमा राणा अखडा खोल्न दिएका थिएनन् । अहिले बेलायत र भारतका नेपाली युवा आफ्ना सेनामा आफूखुशी भर्ना गर्ने अखाडा खोल्ने छुट दिएको छ। त्यो अनुमति कांग्रेस, एमाले, माओवादी, राप्रपा सबैलाइ प्यारो छ । के हाम्रो जनसंख्या अहिले पनि उपनिवेशको अधिनमा छैन ? भलै जामिन विदेशीको प्रत्यक्ष अधिनमा नहोल ।

६. के हामीले यो अपमानित इतिहासलाई बदल्नु पर्दैन ? तर हामीले हाम्रो आर्थिक समृद्धिलाई सुनिश्चित नगरी इतिहासलाई उद्धार गर्न कठिन छ । चीनमा १९१८–१९ मा एउटा बहस चलेको थियो। रुग्ण संकटग्रस्त चीनलाइ कसरी उद्धार गर्ने? छ्ङ्ग गुओफा भन्ने एक विद्वानले भने ‘चीन गम्भीर संकटमा छ। यो जरामर्न लागेको रुख जस्तै भएको छ। यसलाई सामान्य दबाइले बचाउन सक्दैन। कडा दबाइ दिनु पर्छ।’ हु लि यिन भन्ने अर्का विद्वानले भने, ‘हो, चीन जिर्ण भएको छ। यो जरामर्न लागेको रुख जस्तै भएको छ। तर यस्को उपचार कडा दबाइ दिएर गर्नु हुन्न, त्यो दबाइ थाम्न नसकेर मर्छ।मलुवा दबाइ दिएर क्रमः उपचार गर्नु पर्छ।’

७. चियाङ्ग काइसेकले कडा औषधिको बाटो समात्यो र निरंकुश शासन तर अमेरिकी सहयोगको नीति अबलम्बन गर्यो। उसले विदेशीहरुलाई बजारको नियन्त्रण गर्ने अधिकार कायम राख्यो। थोरै चिनियाँ धनी भए तर धेरै झन गरीब भए । माओले हु लि यिनको बाटो सही ठाने। उनले ताङ्ग सम्राट गाओ छ्ङ्ग, साङ्ग सम्राट छ्ङ्ग चाओ र चीन वंशका मुख्तियार उइ साङ्गका भुमिसुधार र कृषि सुधारद्वारा जनतालाई समृद्ध बनाउने मन्द औषधिको बाटो रोजे। ७० बर्षमा चीनले गरिबी उन्मुलन गर्यो, तर नेपालका पार्टीले धनीको धन कागजमा बाँडेर गरीबलाई पनि धनी बनाए ।

देशको राजनीति संकट, आर्थिक दुराबस्था र समाजको पुरातनताको अन्त्य विकासलाई व्यवहारमा उतार्ने राजनीति बिचारधारा र त्यसलाई कार्यन्वयन गर्ने आर्थिक र सामाजिक कार्यक्रमले गर्छ। देशको विकास दृष्टिकोण र कार्यक्रमबिहीन एबम् बिचारधाराहिन कम्युनिस्ट, कांग्रेस नाम रहेका पार्टी वा इतिहासमा जनता अधिनमा राख्ने संस्था राजतन्त्रले गर्दैन । तर नेपालमा अनेक नाम देखाएर अनि बिरोधीको बिरोध गरेर राजनीतिलाई आफ्नो सत्तायात्राको माध्यम बनाउन पल्केकाहरु र आफूलाई स्थापित गर्न उद्दतहरु जनताको समृद्धि र रास्ट्रको सुरक्षा होइन राजनीतिलाई धर्मनिरपेक्षता र संघीयताको बहसतिर तानेर विदेशीलाई मौका उपलब्ध गराउने प्रयास गर्न थालेका छन् । अहिले देशको आवश्यकता राजनीतिलाई हिलो र फोहोरबाट निकालेर विकासको बाटोमा कसरी लान सकिन्छ भन्ने बौद्धिक र विज्ञहरुको बहसको हो जसले राजनीतिका नाममा ढाँट्ने, खेल्ने र लुट्नेको नकाव उतारोस् र शिक्षित युवाहरुलाई नेतृत्वमा पुर्याओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत