एक दुई दिनभित्रै मन्त्रिपरिषद विस्तार हुने



काठमाडौं । सत्तारुढ गठबन्धनबीच छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने समझदारी भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको गठबन्धनको बैठकले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको र एक दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए । यस्तै बैठकमा न्यूनतम साझा कार्यक्रमको मोडालिटीको विषयमा पनि छलफल भएको उनले बताए ।

यस्तै बैठकमा प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने भन्ने विषयमा पनि नेताहरुबीच छलफल भएको छ । यसलाई अन्तिम रुप दिन आजै शीर्ष नेताहरुको बैठक बस्ने खड्काले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए । त्यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल पक्षबाट डा. विजय पौडेल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा