रेशम चौधरी सनाखतका लागि निर्वाचन आयोगमा
काठमाडौं । पार्टीको आधिकारिता विवादमा हस्ताक्षर गर्न जनता समाजवादी पार्टीका नेता रेशम चौधरी डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका छन् ।
चौधरीलाई ठूलो संख्यामा सुरक्षाकर्मीले निर्वाचन आयोग पुर्याएका थिए । उनले सनाखत अघि नेताहरुसँग छलफल गर्ने बताएका छन् । पार्टीको आधिकारिकता विवादमा अध्यक्ष उपेन्द्र यादवका पक्षमा ३४ जनाले हस्ताक्षर गरिसकेका छन् ।