ओलीले भने-माधव नेपालले पार्टी ध्वस्त बनाए, जोगाउनुपर्छ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सबैभन्दा बढी जनसंख्या आफ्नो साथमा रहेको दबी गरेका छन् । आइतबार अखिल नेपाल महिला संघको सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले परिपक्व राजनीतिक पार्टी भएको दाबी गरेका हुन् ।

उनले केपी ओलीको साथमा रहेको कुनै दुईचार जनाको झुन्ड नभएको बताए । उनले भने, ‘देशको सबैभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ । देशको सबैभन्दा बढी जनसंख्या केपी ओलीको साथमा छ। अनि एउटा दुईटा कसले कविता न सविताका कविता भनेर लेख्छ, त्यसका पछाडि नेकपा एमाले कुद्छ ? नेकपा एमाले कुनै गुण्डा दल होइन।’ अध्यक्ष ओलीले आफ्नो सरकार ढालेर माधव नेपाल पक्ष देशमा प्रतिगमन गराउन सफल आरोप लगाए । उनले नेपाल पक्षतिर लाग्ने सांसद्हरुलाई क्षमा गर्ने भन्दै पार्टीमा फर्किन आग्रह गरे।

उनले आफ्ना सांसद्हरुलाई झुक्याएर वा प्रलोभनमा पारेर मतदानबाट बाहिर लगेको हामी देखिरहेका छौं। आफ्नो भविष्य ध्वस्त पार्ने काम किन गर्ने ? त्यसकारण म अहिले पनि भन्न चाहन्छु, पार्टीले क्षमा गर्छ, साथीहरु गल्ती नगर्नुस्। पार्टीमा फर्किनुस् ।’ उनले पार्टीविरोधी षड्यन्त्रको चक्रबाट बाहिर निस्कन सबै कार्यकर्ताहरूसँग आग्रह गरेका छन् ।

ओलीले नेपालले पार्टी ध्वस्त बनाएकाले जोगाउनुपर्ने बताए । उनले नेपाललाई ‘बिकाउ माल’ भन्दै आलोचना गरेका छन् । सर्वोच्च अदालतले प्रधामन्त्री नियुक्त गर्नु प्रतिगमन भएको बताएका ओलीले प्रतिगमनलाई नंग्याउनुपर्ने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुप्रिम सहकारी ठगीमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता

बुटवल । सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको

सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु होः गृहमन्त्री लेखक

  कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि

सन्तुलित भोजनबाट नै सबैखाले भिटामिनहरु पाउन सकिन्छ, झोल र टनिकबाट होइन

डा. अरुणा उप्रेती । ‘डाक्टर साहेव, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी