‘माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न मलाई बौलाहा कुकुरले टोकेको छ र ?’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी गठबन्धनका शीर्ष नेताहरूप्रति आक्रोश व्यक्त गरेका छन् । सोमबार मदन भण्डारी फाउण्डेशनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश व्यक्त गरेका हुन् ।

ओलीले विपक्षी गठबन्धनका नेताहरुले संविधान विपरित बेइमानीको खेल खेलेको आरोप लगाए । उनले माधव नेपालाई प्रचण्डको पुच्छरको संज्ञा दिएका छन् । उनले आफूले माधव नेपाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको दाबी पनि गरेका छन् ।

उनले भने, ‘आफ्नो पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर फेरि हिँड्ने यस्तो लाजसरम पचेको मान्छे ।’ मैले माधव नेपाललाई प्रमको प्रस्ताव गरेँ रे, के मलाई बौलाहा कुकुरले टोकेको छ र ? आफ्नो महत्व आफै बढाउन खोजेको हो । एक ढंगले भन्ने हो भने यी प्रचण्डका पुच्छर हुन्।’

ओलीले राजनीतिक दलका कार्यकर्तालाई विचारबाट चल्ने भन्दा पनि खेतालाका रुपमा प्रयोग गर्न थालेको भन्दै विपक्षी गठबन्धनको चर्को आलोचना गरे ।

उनले प्रचण्डले छेपारोले झैं रंग फेर्नु नौलो नभएको टिप्पणी गरे । प्रचण्डले हालै राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेको र मानिसहरु छक्क परेको भन्दै उनले भने, किन छक्क मान्ने ? छोपारोले रंग एकछिनमा फेर्छ त !’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवानद्वारा आफैंमाथि गोली प्रहार

सुदूरपश्चिम । कञ्चनपुरमा एकजना प्रहरी जवानले आफैंलाई गोली हानेका छन् । सुदूरपश्चिम प्रदेश

एमाले नेता ऐन महरविरुद्धको बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च अदालतको आदेश

काठमाडौं । नेकपा एमालेका नेता ऐन महरविरुद्ध बलात्कार मुद्दाको अनुसन्धान अघि बढाउन उच्च

सशस्त्र प्रहरी जवान १६ वर्षमा अवकाशमा जान पाउने प्रावधानलाई कानुनमा समावेश गर्छौंः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा र अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापन

रविलाई परिवारको जिम्मा लगाउन आदेश, थुनछेक बहस बिहीबार

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले बिहीबार उपस्थित हुने सर्तमा