थप १३५३ जनामा कोरोना संक्रमण, ३००७ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा २९२, ललितपुरमा एक सय र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३००७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९००९ पुगेको मन्त्रालयले जनाएको छ ।