‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पूरा भएछ’



काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजालाई गुहार्ने काम गरेको आरोप लगाएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत पोखरेलले राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी रहेको र त्यो काम बिहीबार प्रचण्डले पूरा गरेको आरोप लगाएका हुन् ।

बिहीबार सम्पादकहरुहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले ‘अहिलेको राष्ट्रपति संस्थाभन्दा त उतिबेलाका राजा नै ठीक’ भनेका थिए ।

पोखरेलले लेखेका छन्, ‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पूरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आफ्नो पार्टीमा एक लाख २० हजार नयाँ सदस्य थपिएका एकीकृत समाजावदीको दाबी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका

सुदूरपश्चिमको समस्या समाधानका लागि कोसिस गर्ने खनाललाई प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल

जनतालाई महसुस हुनेगरी हामी सबैले काम गर्नुपर्छ: सांसद महतो

काठमाडौँ । यथार्थमा देशको अर्थतन्त्र अपेक्षाकृत गतिशील हुनसकेको छैन । आर्थिक क्षेत्रमा एउटा