‘गल्ती स्वीकार गरेर आउनुहुन्छ भने केपी ओलीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी’



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशलाई भड्खालोमा जानबाट रोक्न कोर्स करेक्सन गर्नुपर्ने बताएका छन् ।

बिहीबार सम्पादकहरुसँगको अन्तरक्रियामा वरिष्ठ नेता नेपालले अब कोर्स करेक्सन गरेर जानुपर्ने बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न चाहे स्वागत गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले कोर्स करेक्सन गर्न चाहिरेका छौँ । केपी ओलीले सङ्कोचमा लानुभएको छ । हामी यसलाई पोजेटिभ दिशामा लान खोजिरहेका छौँ । मानिस हुन् । कहिलेकाहीँ गल्ती हुन्छ । गल्ती स्वीकार गरेर आउनुहुन्छ भने केपी ओलीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुर जी । म ठाउँ छोड्दिन्छु ।’ उनले संसद् विघटन गरेर मुलुकलाई अनिश्चततातर्फ अहंकारका कारण धकेलिएको बताए ।

देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्ष गरिरहेको भन्दै नेता नेपालले ओलीको अहंकारले संसद विघटन गरेपनि यसलाई सच्याउन सकिने बताए । उनले भने, ‘देश जोगाउने अभिभारा तपाइँहरुको हो, हाम्रो हो, हामी सवैको हो ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङमा ३८ वनमा आगलागी, १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

  मलेखु (धादिङ) । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको

निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुपर्छः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री

अनावश्यक विदा, आममाफीका नाममा पहुँचवाला अपराधीलाई मात्र छुटको विषयमा लगातार काम गरिरहेको छुः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अनावश्यक विदा र ‘भिआइपी सवारी’ का