थप १५८४ जनामा कोरोना संक्रमण, ३१३० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १५८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५८४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२२६४० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३१३० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८७७२ पुगेको छ । क्वारेन्टाइनमा ४४२ जना छन् भने आइसोलेसनमा ५३९४० सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।