टाउकाको ओखती नाइटामा लगाएर हुन्न : बाबुराम भट्टराई


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलको नेतृत्व स्खलनका कारण देश संकटमा परेको बताएका छन । आइतबार सामाजिक संजालमार्फत भट्टराईले देशको चौतर्फी संकट समाधानका लागि कांग्रेस, कम्युनिष्ट र समाजवादी रुपान्तरण हुनुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘भनिन्छ–टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो । कांग्रेस ‘कांग्रेस’नरहनु; कम्युनिष्ट ‘कम्युनिष्ट’नरहनु; समाजवादी ‘समाजवादी’नरहनु! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं! नत्र समयले कसैलाई पर्खन्न है !’