‘तपाइँहरु केपी ओली मात्र भन्नु हुन्छ त्यो होइन, काठमाडौंको मानसिकतानै संघीयता विरोधी’



काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा अवसरवादीहरुको गठबन्धन बनेकाले सरकारलाई समर्थन गर्न नसकिने बताएका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशसभामा विश्वासको मत मागेपछि गुरुङले पोखरेल व्यक्तिगत रुपमा सही भएपनि गठबन्धन अवसरवादीहरुको रहेकाले समर्थन गर्न नसक्ने बताएका हुन् । उनले भने, ‘पोखरेललाई विश्वासको मत दिन्न भन्न गाह्रो । उहाँलाई सद्भाव छ । तर सरकारलाई विश्वासको मत मागेकाले दिन सकिन्न । यो अवसरवादीहरुको गठबन्धन भएकाले विश्वासको मत दिन सकिन्न ।’

उनले संघीयतालाई बलियो बनाउने काममा भने सरकारलाई साथ दिने बताए । उनले काठमाडौंमा बसेका सबै नेताहरुका कारण संघीयता अप्ठेरोमा रहेको बताए उनले भने, तपाइँहरु केपी ओली मात्र भन्नु हुन्छ त्यो होइन । काठमाडौंको मानसिकता, ठूला ठूला प्रशासक र राजनीतिज्ञ समस्या हुन् । किन प्रदेशमा कर्मचारी व्यवस्थापन गर्न सकिएको छैन । थोरैमात्र कर्मचारी छन् संघीयतामा सहयोग गर्ने ।’

उनले धेरै प्रदेशका मुख्यमन्त्रीहरु अप्ठेरोमा रहेकाले संघीयतालाई बलियो बनाउन समस्या रहेको बताए । उनले भने, ‘प्रदेश सरकारका धेरैजसो मुख्यमन्त्रीहरु अप्ठेरोमा रहेका छन् । हिजो म थिएँ आज पोखरेल पनि हुनुहुन्छ । संघीयतालाई बलियो बनाउने, कार्यान्वयनका लागि एमाले साथमा रहन्छ । सहयात्री हुन तयार छौं ।’

सत्ताबाट बाहिरिने अन्तिम समयमा आफूले प्रदेशको मन्त्रालय बढाउने निर्णय लिएको पनि उनले बताए। केन्द्रले हतारमा प्रदेश मन्त्रालयको संरचना भद्रगोल बनाएर पठाएको कारण राम्रो ‘डेलिभरी’ गर्न नसकेको उनको भनाइ थियो ।

उनले भ्रष्टाचारमा सुधार गर्न आफूले नसकेको स्वीकार गरे । मुख्यमन्त्री पोखरेललाई भ्रष्टाचारको अवस्था सुधार गर्न उनले आग्रह गरे । यस्ता काम गरेमा प्रदेश सरकारलाई आफ्नो समर्थन रहने पनि उनले प्रस्ट पारे ।

केन्द्रमा जो प्रधानमन्त्री भए पनि प्रदेश प्रतिको सोच र दृष्टिकोणमा तात्विक भिन्नता नआउने गुरुङले बताए । त्यसका विरुद्ध प्रदेश सरकारले दह्रोसँग खुट्टा टेक्नुपर्नेमा उनले जोड दिए । आफूले लामोसमय संघीयताका लागि केन्द्रसँग लडेको भन्दै अब त्यो लडाइँ लड्ने जिम्मा नयाँ मुख्यमन्त्रीको काँधमा आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पितापुर्खाको सीप पछ्याउँदै अक्करे भिरमा मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी

पार्टीभित्र गुटबन्दी नगर्न नेता कार्यकर्तालाई ओलीको चेतावनी

कृष्णनगर (कपिलवस्तु) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई

कांग्रेसले भन्यो-संसदीय छानबिन समिति गठनको माग यथावत छ, सदन चल्न नचल्ने सरकारको हातमा छ

काठमाडौं । नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय

संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई नै निर्णय गर्न असहज हुने प्रावधान नराखौँः संचारमन्त्री शर्मा

  काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐन निर्माण गर्दा प्रधानमन्त्रीलाई