सदनलाई विघटनतिर नलैजानका लागि यो सरकारलाई समर्थन गर्नुको विकल्प छैनः मुख्यमन्त्री पोखरेल



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशमा स्थायित्वको लागि विश्वासको मत दिन आग्रह गरेका छन् । शुक्रबार प्रदेशसभाको बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्दै संघीयतालाई मजबुत र राजनीतिक स्थिरता दिन विश्वासको मत दिन आग्रह गरेका हुन् ।

जनताले दिएको मतादेश पाँच वर्षको लागि भएको भन्दै पोखरेलले बीचमा जनताबीच जानु कुनै पनि रुपमा उपयुक्त नहुने बताए । नीति तथा कार्यक्रम र बजेटमा प्रदेशका नागरिकलाई कोरोनाविरुद्धको खोप र स्वास्थ्यसम्बन्धी स्रोत साधन उपलब्ध गराउने प्रतिवद्धता गरेको पनि उनले बताए ।

यस्तै, महिलाहरुले भोग्नु परेको धेरै पीडामध्ये एक रहेको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको उपचारमा शल्यक्रिया गर्दा लाग्ने खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको उनले बताए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेका हुन् । गत जेठ २९ गते उनी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार