ठाकुरसहित जसपाका चार नेता पार्टीबाट निस्कासित



काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको कार्यकारिणी बैठकले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिएका छन् । यादव पक्षले यसबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको छ ।

यसअघि यादव पक्षले अर्का अध्यक्ष ठाकुरसहित चार जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर त्यसको जवाफ ठाकुरसहितका नेताले दिएका थिएनन् । बरु ठाकुर पक्षले यादवलाई स्पष्टीकरण सोधेको थियो । ठाकुर पक्ष सरकारमा सामेल हुन लागेको छ । तर यादव पक्ष ओली सरकार बहिर्गमनको पक्षमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रे । असोज ११ र १२ गतेको अविरल वर्षाको बाढी पहिरोले क्षतिग्रस्त भई

बाढीपहिरोले अधिक मानवीय तथा संरचनामा क्षति

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षामा बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन

मीनबहादुर गुरुङले दिएको जग्गामा एमाले केन्द्रीय कार्यालय शिलान्यास

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

तस्बिरमा हेर्नुस्, उपत्यकाका शक्तिपीठमा राष्ट्रपतिको पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न