जयहोस् आदि शंकराचार्य



डा. गोविन्दशरण उपाध्याय ।
केवल ३२ वर्षको उमेरसम्म जीवित रहेका आदि शंकराचार्यले (सन् ७८८–८२० म्याक्समूलर) ले वैदिक सनातन धर्म, संस्कृति तथा सभ्यताको पुरोत्थानको लागि जुन योगदान गर्नुभयो तेसैले आज हामीले आफूलाई सनातनी भनेर चिनिन पाएका छौँ । यहाँ आचार्य शङ्करका जीवनी र दर्शनवारे बूँदागत रूपमा बुझौं ।

(१) शंकराचार्यको जन्म तमिलनाडुको कलड़ी नामक गाउँमा अत्यन्त गरीव ब्राह्मण परिवारमा भएको थियो र उहाँकी उहाँ जन्मिदा आमा विधवा हुनुहुन्थ्यो ।

(२) शंकराचार्यकी आमाले ब्राह्मणहरूका घरमा मजदुरी गरेर शंकराचार्य र आफ्नो पेट पाल्नुहुन्थ्यो ।

(३) आचार्य शङ्करले आठवर्षको उमेर देखि आफ्नी आमाले काम गर्ने आश्रमका बटुक र गुरूहरूबाट अक्षर आरम्भ गर्नुभएको थियो ।

(४) १२ वर्षको उमेरमा घर छोडेर सन्यासी बन्दा उहाँले अधिकांश शास्त्रहरूमा राम्रो दक्षता प्राप्त गरिसक्नुभएको थियो ।

(५) घर त्यागेर सन्यासी भएपछि उहाँको भेट तत्कालीन विद्वान गोविन्द पादसंग भएको थियो र १६ वर्षको उमेरसम्म उहाँले गोविन्दपादसँग शिक्षा प्राप्त गर्नुभएको थियो ।

(६) १६ वर्षको उमेर देखि उहाँ सनातन धर्मको पुनरोत्थान कार्यमा लाग्नु भयो र ३२ मा ब्रह्मलीन नहुँदा सम्म कन्याकुमारी देखि हिमालय सम्म सम्पूर्ण भारतवर्षको ४ पटक पैदल भ्रमण गर्नुभएको इतिहासमा दर्ज छ ।

(७) शंकराचार्यको उदय हुँदा सम्पूर्ण भारतवर्षमा बौद्धहरूको बोलवाला थियो । बौद्ध समुदायमा अत्याधिक रूपमा भिक्षुभिक्षुणी बन्ने प्रबित्ति, बौद्ध कर्मकाण्ड, ठूलाठूला विहारहरूमा लाखौंलाख भिक्षुहरूलाई सित्तैमा पाल्नु पर्ने अवस्थाले जनता पीडित थिए ।

(८) आफ्नो सानो उमेर हुँदाहुँदै पनि शंकराचार्यले बौद्ध, जैनहरूलाई शास्त्रार्थमा पराजित गरेर शर्तअनुसार हिन्दूधर्ममा फर्काए, विद्वानहरूलाई सनातन धर्मको प्रचारक बनाए ।

(९) शास्त्रार्थ, देशाटनका बीचमा शंकराचार्यले ८७ विभिन्न ग्रन्थहरू लेखे जसमा गीता, ब्रह्मसूत्र तथा ११ वटा प्रमुख उपनिषदहरूको अद्वैत परक व्याख्या पनि समावेश छ ।

(१०) सनातन धर्मको पुनस्थापनालाई दिगोपन प्रदान गर्न उहाँले भारतवर्षका विभिन्न ठाउँमा आचार्यपीठहरू स्थापित गरेर शिष्यहरूलाई त्यसत्यस ठाउँमा सनातन धर्मको पक्षमा काम गर्न खटाउनु भयो ।

(११) देशटन र शास्त्रार्थका क्रममा उहाँ सन् ८१३ मा नेपाल अर्थात् काठमाडौँ पनि आउनु भयो र यहाँका बौद्धहरूलाई शास्त्रार्थमा पराजित गरेर पशुपति नाथको पुनः सनातनी पद्धतिबाट पूजाआजा गर्न दक्षिणभारतबाट ब्राह्मण झिकाएर नियुक्त गर्नु भयो र देवपत्तन नै शंकराचार्य मठको पनि स्थापना गर्नु भयो । यो पीठमा शंकराचार्यका कुन शिष्य बसेका थिए, खुलेको छैन ।

(१२) शंकराचार्यलाई बौद्ध, जैनी तथा अद्वैत वेदान्तको अनुसरण नगर्ने वैष्णव तथा मिमांसकहरूले “प्रछन्न बौद्ध अर्थात् भित्रिरूपमा बौद्ध वाहिर सनातनी“ र मायावादी“ भएको आरोप लगाउँछ । यो आरोप उहाँले शिखासूत्र त्यागेको, गेरुवा वस्त्र धारण गरेको र आफ्नो श्राद्ध आफै गर्ने परिपाटी बसाएकोले लागेको हो ।

(१३) शंकराचार्यको दार्शनिक मत एकोब्रह्म द्वितियो नास्ति अर्थात् ब्रहम बाहेक अरू कुनै पनि विषय वा वस्तुको अस्तित्व छैन, ब्रहम अद्वैत छ, द्वैत र बहुलता माया हो, झूटो हो“ भन्ने वैदिक र उपनिषदको विचारमा आधारित छ ।

(१४) शंकराचार्यले सन्यास धर्म अवलम्बन गरेको देखेर मिमांसकहरू, बहुलवादी सांख्यका अनुयायीहरू, वैष्णवहरू र स्मार्तहरू निकै रिसाए । उपरोक्त सबैसंग शंकराचार्यको शास्त्रार्थ भयो  कहींकहीं शंकराचार्यले मिमांसक मण्डन मिश्र शास्त्रार्थ हराएका थिए भनिए तापनि जसरी आदि शंकराचार्य र उहाँका उत्तराधिकारीहरूले मण्डन मिश्र, कुमारील भट्ट आदिको नाम बडो सम्मान पूर्वक लिएका छन् तेसले यी विद्वानहरू बीच “मित्रवत शास्त्रीय चर्चा“ भएको हो हारजित होइन भन्ने बुझ्नुपर्छ ।

(१५) केही उग्र विचार राख्ने (उग्रवामपन्थी र उग्र इसाईपन्थी विचारबाट प्रभावित भएका) बौद्ध र लेखकहरूले शंकराचार्यलाई बौद्ध–जैन धर्म नष्ट गर्नेवाल भन्ने आरोप लगाएर आलोचना गर्छन् । यो सत्य होइन । सत्य के हो भने जसरी बुद्धको आगमन पूर्व सनातन धर्ममा अनेकौं रूढ़ीहरू व्याप्त थिए त्यसै गरी आचार्य शंकरका बखतमा बौद्धका सम्प्रदायहरू थिए र ती सम्प्रदायहरू बीच “ठूलो“ बन्ने प्रतिस्पर्धा थियो । बौद्धमा व्याप्त “कर्मकाण्ड र परिब्रज्या“ नै तिनको विनाशको कारण बनेको हो । आजको मितिमा हिन्दू भन्दा बढी बौद्ध कर्मकाण्डी छन् जसले गर्दा नेपाली बौद्धहरू नै बढी इसाई बनिरहेका छन् ।

(१६) आचार्य शङ्करले ३२ वर्षको छोटो उमेरमा त्यस वखतको भारतवर्ष भरि भ्रमण गरेर सनातन धर्मलाई पुनर्जीवन दिनु भएकै हो । म विश्वास गर्छु, यदि शंकराचार्य उदय नभएको भए कि हामी सबै बौद्ध हुथ्यों कि हामी मुस्लिम वा इसाई ।

अन्त्यमा, सनातन धर्मका पुनर्जागरणकर्ता, अद्वैत वेदान्तका महान् आचार्य तथा वैदिक दार्शनिकहरू मध्ये सबैभन्दा प्रखर र दूरदर्शी आचार्य शङ्करका चरणमा हार्दिक नमन गर्छु । आज स्वधर्म, स्वसंस्कृति तथा भारतवर्षीय गौरवको पुनःस्थापना गर्न पुनः शंकराचार्यको आवश्यता अनुभूत भएको छ । भगवान् शङ्करसंग पुनः शंकराचार्यको अवतारका लागि प्रार्थना गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनी देशले खोप नदिँदा खोप अभियान संकटमा

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले विश्वव्यापी साझेदारी कार्यक्रममार्फत कोभिड–१९ विरुद्धको खोप प्राप्त गरिरहेका ठूलो

उपत्यकामा आजदेखि निषधाज्ञा खुकुलो, निजी सवारीसाधन जोरविजोर प्रणालीमा संचालन

काठमाडौं । कोरोना संक्रमण कम हुँदै गएपछि काठमाडौं उपत्यकाका जारी निषेधाज्ञा आजदेखि केही

बाढीपहिरोमा परी २० जनाको मृत्यु, २१ बेपत्ता, ८०६ जनाको उद्धार

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी

केपी ओली पार्टी एकता भंग गर्ने दिशामाः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेशका सांसद्हरुमाथि विधान विपरित