ओलीसँगको वार्तापछि माधव नेपालले भने- राजीनामा तत्काललाई टर्‍यो



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काललाई सांसद पदबाट राजीनामा दिने विषय टरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तापछि वरिष्ठ नेता नेपालले राजीनामा दुई चार दिनलाई टरेको बताएका हुन् ।

पार्टीलाई २०७५ जेठ २ मा फर्काउनेलगायतका माग पूरा नगरे नेपाल पक्षले राजीनामा दिने बताएको थियो । वार्तापछि वरिष्ठ नेता नेपालले पार्टीभित्रको समस्याकाबारे दुबैले कुरा राखेको बताए । उनले फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसला अनुसार पार्टीलाई जेठ २ मा पुर्याउने विषयमा कुरा भएको निष्कर्ष भने निस्किनसकेको बताए ।

एमालेको आज बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित चार नेताको कारबाही फुकुवा गरेपछि दुई नेताबीच वार्ता भएको हो । माधव नेपाल पक्षले राजीनामा नदिने भएपछि बहुमतीय सरकार गठनको प्रक्रिया लगभग टुंगिएको छ । बहुमतको सरकार गठनका लागि आज राति नौ बजेसम्मको समय तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको