राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ: नेतृ झाँक्री



काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राजनीतिक विषयमा उधारो सम्झौता हुन नसक्ने बताएकी छन् । शुक्रबार सामाजिक संजालमार्फत झाँक्रीले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको बताएकी हुन् ।

युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्युको बराबर सम्भावना हुने भन्दै उनले जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने बताएकी छन् ।

उनले लेखेकी छन्, ‘राजनीति व्यक्तिगत लेनदेनको मामिला होइन । राजनीतिक विषयमा उधारो सम्झौता पनि हुन सक्दैन । युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्युको बराबर सम्भावना हुन्छ । जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार