राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवारको जीत सुनिश्चित हुने गरी छलफल अघि बढाउने एमालेको निर्णय



काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाका निर्वाचनमा पार्टीका उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि तथा मतदातासंँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटी बैठकमा वाग्मती प्रदेश राष्ट्रियसभा निर्वाचनमा दलका तर्फबाट उम्मेदवारको जीत सुनिश्चित हुने गरी छलफल भएको छ ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले निर्वाचनको तयारीका सम्बन्धमा स्थायी कमिटी सदस्यले विभिन्न सुझाव दिएको र उम्मेदवारका बारेमा छिट्टै निर्णय गरिने जानकारी दिए । आगामी जेठ ६ गते राष्ट्रियसभाको निर्वाचन(वाग्मती प्रदेश) हुँदै छ । सो प्रदेशका लागि दलले यसअघि रामबहादुर थापाको उम्मेदवारी घोषणा गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको