महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठूलो धोका ?



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यावसायीहरु विजय दुगड र ऋतु वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको बताएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत कोइरालाले महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठूलो धोका हुनु दुर्भाग्यपूर्ण भएको बताएका हुन् । उनले देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठूलो अपराध र बेइमानी कदापि क्षम्य हुन नसक्ने बताएका छन् ।

कोइरालाले यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने र समय आएपछि जनताले यसको हिसाब गर्ने बताएका छन् । कोभिडविरुद्धको खोप खरिदमा प्रधानमन्त्री निकटका व्यवसायीको कमिसनको चक्करमा रोकिएको खबर सार्वजनिक भएको छ । तर यसबारेमा प्रधानमन्त्री ओलीले केही बताएका छैनन् । यसबारेमा बुधबार नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइसकेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको