प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौंः कांग्रेस



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई संसदमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार अपरान्ह कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

करिव दुई घण्टासम्म चलेको भेटमा प्रधानमन्त्री ओलीले कांग्रेसलाई लोकतान्त्रिक मूल्यमान्यताबाट सँगै लडेका शक्ति भएको भन्दै सँगसँगै जान आग्रह गरेका थिए । जवाफमा कांग्रेस नेताहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका थिए । भेटपछि कांग्रेस नेता डा. प्रकाशशरण महतले प्रधानमन्त्रीले विश्वासको मतमा सहयोग गर्न आग्रह गर्नुभएको तर आफूहरुले सहयोग गर्न नसक्ने बताएको जानकारी दिए ।

महतले प्रधानमन्त्रीको विपक्षमा मत राख्ने र अन्य दललाई पनि विश्वासको मत विफल पार्न आग्रह गर्ने बताए । त्यसक्रममा प्रधानमन्त्रीलाई कांग्रेस नेताहरुले सरकारको बोली र व्यवहार फरक भएकाले विश्वास गर्ने ठाउँ नरहेको बताएका थिए । त्यस्तै कांग्रेस नेताहरुले संसद छलेर फेरि अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका थिए ।

त्यसैगरी कोभिडको स्थिति भयावह हुँदा पनि सरकारले काम गर्न नसकेको भन्दै कांग्रेस नेताहरुले सरकारको आलोचना गरेका थिए । खोप खरिदमा विचौलियाको कुरा आएको भन्दै त्यसतर्फ पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेता महतले जानकारी दिए ।

कांग्रेसले कोभिडका कारण जनता अक्सिजन नपाएर, शैया नपाएर छटपटिएका भन्दै कोभिड नियन्त्रणमा ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । कोभिड नियन्त्रणको अभियानमा भने विपक्षी दल भएर पनि सबै किसिमका सहयोग गर्ने कांग्रेस नेताहरुले बताएका थिए ।

प्रधानमन्त्री ओली देउवालाई भेट्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेललाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । त्यस्तै कांग्रेसको तर्फबाट सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पुर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिमका प्रदेश प्रमुखले राजनीतिक पूर्वाग्रह राखेर काम गरेको विपक्षी दलहरुको आरोप

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुुक्तिका लागि दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा

रवि लामिछानेको प्रश्नः के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट पैसा नलिएको दाबी गरेका