थप ५७०६ जनामा कोरोना संक्रमण, १२८७ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ५७०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४९६९ जनाको नमूना परीक्षण गर्दा थप ५७०६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२८८९३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १२८७ जना संक्रमणमुक्त भएका छ ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २८२३८२ पुगेको छ । त्यसैगरी कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२९८ पुगेको छ । क्वारेन्टाइनमा ६७ जना छन् भने आइसोलेसनमा ४३२१३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।