कथा-‘भुमरी’



हिमा भुसाल प्रकृति | 

उहाँ मोवाइल लिएर बाहिर गएपछि म भान्सामा छिरेर चिया उमाल्छु अनि दिदीबहिनीहरु लाई चिया पिलाउछु | करिब १५ मिनेट पछि श्रीमान भित्र आउनुहुन्छ उहाँ भित्र आउँदा उहाँको अनुहारको रङ्ग फुङ्ग उडेको जस्तो देखिन्छ,| उहाँ सरासर अर्को कोठामा पस्नुहुन्छ र कोठामा पस्नासाथ मलाई सरस्वती एकछिन यता आत भन्नुहुन्छ | म दिदीबहिनीहरुलाई एकछिन है भनेर सोफाबाट उठेर उहाँ पसेको कोठामा जान्छु |
र भन्छु के भयो किन बोलाउनु भएको ? तव उहाँले बोलीमा रिस मिसाउदै भन्नुहुन्छ सरस्वती तैँले मेलमिलाप केन्द्रका दिदीबहिनीहरुलाई ह्याँ घरमा बोलाएर ठिक गरिनस!

तैँले मेरो बदनाम गर्न खोजिस आफू सही र मलाई गलत साबित गराउन खोजिस!! समाजको नजरमा मलाई मुर्ख र निर्दयी श्रिमान रहेछ भन्ने पारिस, तँ जस्तो श्रीमान्को इज्जत गर्न नजान्ने घरको कुरा बाहिर लैजाने यस्तो महिला सँग अब म एउटै छत मुनि कुनैपनि हालतमा मिलेर बस्न सक्दैन, तैँले सोचेको थिइस होला मेलमिलाप केन्द्रका दिदीबहिनीहरु लाई ल्याएर म सँग जवरजस्ती मिलेर बस्छु भनेर तर त्यस्तो कदापि हुनेछैन
अब त झन मेरो मन मोडियो, अब हामी अलग हुने दिन आइसक्यो म तलाई डिभोर्स दिन्छु त्यसपछि तँ आफ्नो म बाटो——-
मैले उहाँमा सकारात्मक परिवर्तन आउला भन्ने सोचेको थिएँ ,दिदीबहिनीहरु को कुरा सुनेपछि अब त पक्कै मलाई बुझ्नुहुन्छ होला सोँचेको थिएँ तर अपसोच! उहाँलाई त मेरा र म सम्बन्धित कुनैपनि कुराले नछुने भयो अब त उल्टै डिभोर्स गर्छु पो भन्नुहुन्छ
उहाँको कुराले म एकदम स्तव्ध हुन्छु मैले छुट्न चाहेको भए त मेलमिलाप केन्द्रमा जाने नै थिएन, कति सजिलै डिभोर्स गर्छु भन्न सक्नु भयो उहाँले हिजोको दिनमा गरेका बाचाहरू कति सजिलै भुल्नु भयो | उहाँको मुखबाट डिभोर्स शब्द सुन्नासाथ मलाई रुन आउँछ |म गहभरी आशु पार्दै भन्छु ओहो कतै सजिलै भन्नुभयो है डिभोर्स गर्छु भनेर! मलाई लाग्थ्यो मायामा पत्थर लाई पनि पगाल्न सक्ने शक्ति हुन्छ सक्छ तर मेरो सोच गलत रहेछ!

तपाईलाई मेरो अलिकति पनि माया लाग्दैन? त्यो दिलमा मेरो लागी थोरै पनि ठाउँ छैन? म सँग अलग हुनै चाहेको हो??मैले माया गर्दागर्दै केही गल्ती नगर्दा पनि मलाई यसरी घृणा गर्नुहुन्छ भने केही छैन म पनि आजको नारी हुँ परेपछि जे पनि गर्न सक्छु, एकार्काको मन कुँडिएर एउटै छत मुनी बस्नु भन्दा बरु एक्लै जिवन बिताउन बेस!

ठिक छ हजुर ले म बाट आजादी नै चाहानु भएको छ भने मैले मात्र माया गरेर सम्बन्ध जोगाएर कति दिन टिक्छ र एकोहोरो रोटी त पाक्दैन अझ सम्बन्ध झन कसरी चलोस् चिन्ता नगर्नुस तपाईले म बाट जे चाहानु भएको छ म त्यसलाई पुरा गरिदिनेछु
मेरो कुरा सुनेपछि उहाँले मलाई आश्चर्य चकित भावले हेर्नु भयो सायद उहाँलाई लागेको थियो | मेरा कुरा सुनेपछि मैले उहाँको खुट्टा छोपेर माफी माग्छु अनि मजवुर भएर बस्छु!

तर त्यहाँ अलिक फरक भैदियो मेरो अनुहारमा आएको हिम्मत देखेर उहाँले भन्नुभयो ए भनेपछि तँ पनि राजी भइस! मैले भने उम आफ्नै पतिसँग घृणाको पात्र भएर बस्नुभन्दा एक्लो जीवन बिताउनै वेस! फेरी आजादी तपाईलाई चाहिएको छ भने तपाई लाई हरेक बन्धन बाट आजाद गरिदिनु मेरो धर्म हो|

म तपाईँलाई आजाद गरिदिन्छु आफ्नो अब मनमर्जी गर्नुहोस्! भनेर म कोठाबाट निस्केर बैठक कोठामा गएर भन्छु |×दिदीबहिनीहरु हो हजुरहरु जानुहोस् हाम्रो कुरा मिलिसकेको छ यति भनेपछि मेलमिलाप केन्द्रका दिदीबहिनीहरु आआफ्नो घरतिर लाग्नुहुन्छ !
साँझ पर्न थालेको हुन्छ स्कुल को पिकनिक गएकी नन्द पनि आउनुहुन्छ र उहाँलाई म आजको दिनको सबैकुरा सुनाउँछु, नन्दले असाध्यै पिर मान्नुहुन्छ सुर्यले दिनसँग बिदाई मागेर रातलाई पठाइसकेका छन्, सबैको अगाडि अँध्यारो रात आउँछ
भन्न त मैले बहुत हिम्मत बटुलेर उहाँलाई आजाद गरिदिन्छु भने!

चाहना थियो कि डोली चढेर भित्रेको मेरो अर्थी पनि यही घरबाट उठोस भन्ने तर जिन्दगी को मोडले जता मोड्छ बाध्य भएर उतै मोडिनु पर्दो रहेछ!! मुखले भनेजस्तो व्यवहारमा उतार्नु पक्कै सजिलो हुनेछैन कलिला बच्चाहरू को बाल मनस्थितिमा गहिरो चोट लाग्नेछ रातभरी मनमा यस्तै कुरा खेलिरहे आँखामा निद्रा आएन ||

रातको २ बज्न थालेको थियो उहाँ सुतेको कोठाको ढोका चुइँक्क गरेको आवाज आयो | सायद उहाँले ढोका खोल्नुभएको थियो आजको रात खै उहाँलाई पनि निद्रा परेन कि अथवा के हो एकछिन पछि वार्दलीको ढोका पनि खुल्छ सायद उहाँ वार्दलीमा जानुभयो ढोका खुलेको आवाज आउछ तर बन्द भएको आवाज आउदैन सायद उहाँले कसैसँग फोनमा कुरा गरिरहनुभएको थियो गुनगुन आवाज आइरहन्छ तर शब्द हरु केही बुझिँदैन आवाज अस्पष्ट छ! मलाई एकदम खुल्दुली हुन्छ धेरै बेर सम्म पनि उहाँ भित्र नआएपछि म उठेर

. क्रमशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत