व्यक्तित्व र व्यक्तित्व विकार



डा. गोविन्दशरण उपाध्याय ।

व्यक्तित्व
चिन्तन, भावनात्मक प्रतिक्रिया, सम्वन्धको निर्वाह, सन्तुलित क्रियाकलाप र आचरणको संयुक्त स्वरूप नै व्यक्तित्व हो । जुन मान्छे जस्तो व्यवहार, चिन्तन, सम्बन्ध तथा आचरणले चिनिन्छ, त्यही नै उसको व्यक्तित्व हुन्छ । मान्छेमा भावना, कर्मको समझ, उचित–अनुचितको ज्ञान र स्वयं र आफू वरिपरिको समाजसंग गर्ने व्यबहार र अरूले व्यवहार गर्दा प्रकट हुने “स्वभाव”ले व्यक्तिको व्यक्तित्व निर्माण हुन्छ । सबैभन्दा महत्वपूर्ण तत्थ्य व्यक्तित्व केवल मनुष्यमा प्रकट हुन्छ, पशुपंक्षी, रुखविरुवा वा प्रकृतिका अन्य वस्तुमा हुँदैन । त्यसैले मान्छेको व्यक्तित्वलाई ऊ जन्मेको, हुर्केको, भोगेको र भएको वातावरणले प्रभावित पार्छ । गीताले यस्तो व्यक्तित्वलाई “प्रकृति वा स्वभाव” भनेर पहिचान गरेको छ व्यक्तित्वलाई निर्माण गर्ने शक्तिहरू सत्व, रज र तमोगुणका रूपमा पहिचान गरेको छ । व्यक्तित्वका धेरैजसो गुणहरू स्थायी प्रकृतिका हुने विश्वास गरिन्छ । त्यसैले वैदिक, बौद्ध तथा जैनी साहित्यहरूमा व्यक्तित्वलाई “प्रकृति, स्वभाव, धर्म”आदिका रूपमा स्थापित गरिएको छ ।
व्यक्तित्व विकार
सामान्यतया हरेक व्यक्तिको व्यक्तित्व उसको स्थायी स्वभाव हुन्छ । त्यही स्थायी स्वभावका आधारमा व्यक्तिको व्यक्तित्व स्थापित हुन्छ । त्यसै व्यक्तित्वलाई समाजले चिन्छ र सम्वन्धहरू निर्वाह हुन्छन् । यदि कुनै व्यक्तिको प्राकृतिक स्वभावमा (सहज प्रकृतिमा) परिवर्तन देखापर्छ र त्यो परिवर्तनले व्यक्ति स्वयं र त्यसका वरिपरीका सम्वन्धहरूलाई प्रभावित पार्छ भने त्यस्तो बदलिएको बुझ्ने, भावना प्रकट गर्ने र व्यबहार गर्ने परिवर्तनलाई “व्यक्तित्व विकार” भनिन्छ । जव कुनै मान्छेको व्यक्तित्वमा विकार उत्पन्न हुन्छ, उसले गर्ने काम, सोच्ने प्रक्रिया, सम्वन्ध निर्वाह गर्ने प्रकृतिमा अप्राकृतिक अवस्था दृष्टिगोचर हुन्छन् । व्यक्तित्वमा देखा पर्ने विकारहरू केही वंशगत हुन्छन्, केही हर्मोनहरूमा उत्पन्न भएको विकारका कारण देखा पर्छन् भने केही वातावरण र केही परिस्थितिजन्य हुन्छन् ।
क्रमशः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूलाई कानुन कानुनविपरीत उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार