एउटा कर्मचारी वर्षको ४ पटक सरुवा भएपछि परिणाम आउँछ त मन्त्रीज्यू !



शारदाप्रसाद त्रिताल ।

१. नेपाल सरकारका उपप्रधानमन्त्रीले कर्मचारीले परिणाममुखी काम गर्न नसकेको कुरा व्यक्त गर्नु भएछ । सचिवहरुसँग शायद पहिलोपटक छलफल गरेको सन्दर्भमा समाचारमा आएका उहाँका केही भनाइहरु यस्ता रहेछन्:

(क) ‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म झिङ्गे टसाइ सोचबाट मुक्त हुनसकेको छैन ।’

(ख) ‘यसलाई विरासतमा पाएको भन्ने गरिए पनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रुपमा यसलाई बुझ्नुपर्दछ भन्ने म यहाँहरुसमक्ष राख्न चाहन्छु । त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको छ ।’

(ग) ‘कर्मचारीतन्त्र आफैंमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न सकेको छैन ।’

(घ) ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सनेलगायत प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेकोछ ।’

(ङ) ‘शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मूल जिम्मेवारी निजामती प्रशासनको काँधमा भएकाले यसलाई सक्षम र नागरिकमैत्री कार्यशैलीबाट लोकप्रिय बनाउन आवश्यक रहेकोछ ।’

२. उहाँ विगत ३ वर्षभन्दा बढी समयदेखि उपप्रधानमन्त्री हुनुहुन्छ । सरकार बाहिर रहेका विभिन्न व्यक्ति तथा आमकर्मचारीले सोध्न सक्ने तलका प्रश्नको उत्तर उहाँसँग कस्तो होला ?

(क) एउटा कर्मचारी वर्षको ४ पटकसम्म सरुवा भएपछि त्यस्तो कर्मचारीले कसरी परिणाम दिन सक्छ भनेर सरकारले समीक्षा गर्ने गराउने गरेको छ ?

(ख) कुनै कर्मचारीले तोकेको काम गरेन भनेर निजउपर कारवाही गर्ने गर्नु भएकोछ ?

(ग) कर्मचारी सक्षम पनि छन् भन्ने जान्दा जान्दै धेरै र महत्वपूर्ण काम भएका निकाय वा कार्यालयमा आफ्ना ‘चम्चे’ हरु वाहेक योग्यता र अनुभवको आधारमा कर्मचारीलाई जिम्मेवारी दिने गर्नु भएको छ ?

(घ) छानी छानी भ्रष्ट र अनैतिक चरित्र भएका ‘आफ्ना’ भनाउँदालाई महत्वपूर्ण काम सुम्पिएपछि निजले झिंगे टँसाइ वाहेक अरु के गर्न सक्छ ? यसबारेमा अहिलेसम्म अध्ययन र समीक्षा गर्नु भएकोछ ?

(ङ) शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मूल जिम्मेवारी निजामती प्रशासनको काँधमा भएको जान्दा जान्दै प्रशासनयन्त्रमा सुधार गर्न विगत ३ वर्षमा कुनै सुधारको कार्य गर्नु गराउनु भएकोछ ?

(च) समग्र सरकारी प्रशासनको मेरुदण्ड मानिने निजामती सेवा सञ्चालन गर्ने संघीय निजामती सेवा ऐन पारित ग र्न किन यतिका वर्ष लागिरहेछ ?

(छ) संघीय शासन व्यवस्थामा निजामती सेवा कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा कुनै अध्ययन अनुसन्धान गराउनु भएकोछ ?

(ज) प्रधानमन्त्रीको कार्यालयको मन्त्री भएपछि विभिन्न मन्त्रालयका सचिव, विभागीय प्रमुख र महत्वपूर्ण आयोजनाका प्रमुखहरुसँग छुट्टाछुट्टै र समूहगत रुपमा निरन्तर छलफल र विचार विमर्श गरी समस्याको समाधान गर्ने गर्नु भएको छ ? यदि छ भने त्यसको विवरण प्रधानमन्त्रीको कार्यालयको वेबसाइटमा राख्नु भएकोछ ?

(झ) कर्मचारी भनेका राष्ट्रसेवक हुन् मन्त्रीका निजी सहायक होइनन् भन्ने हेक्का राखेर व्यवहार गर्ने गर्नु भएकोछ ?

३. जवसम्म प्रशासनयन्त्र भनेको शासन व्यवस्थाको मेरुदण्ड हो भन्ने सोचका साथ अध्ययन र अनुसन्धानमा आधारित सुधार गर्ने प्रयास हुँदैन, परिणाम यस्तै नै हुने हो । यसतर्फ ध्यान जावस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास

दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे

हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही

प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९