काङ्ग्रेस, एमाले, माओवादीले अझै गम्भीर भएर सोच्ने कि ?



केशवप्रसाद भट्टराई ।
१२ बुँदे दिल्ली सम्झौताकारी पक्ष,
राष्ट्रको आत्मा, केन्द्र र धर्म रक्षाको सन्दर्भ

राष्ट्रको आत्मा हुन्छ , त्यसको केन्द्र हुन्छ । नत्र कसरी यत्रा विधि अगम्य देखिने चुनौती र दवाव माझ पनि राष्ट्रहरू बाँच्थे ? राष्ट्रको आत्मा हुन्नथ्यो भने हजारौँ अभाव, विकृति , विसंगति, चुनौती र दवाव झेल्दै नेपाल पनि कसरी बाँच्थ्यो ?
बाँचिरहन्थ्यो ?
हेरे हुन्छ,
इतिहास पढे र मनमा गुने हुन्छ नेपाल राष्ट्रको आत्मालाई मार्ने, नाश गर्ने , यसको केन्द्र भत्काउनेहरूलाई त्यही मार्न खोजिएको, नाश गर्न खोजिएको राष्ट्रको आत्माले पनि विनष्ट गरिदिन्छ । नाश गरिदिएको छ । भत्काइएको राष्ट्रको केन्द्रले उनीहरूको राजनीतिलाई पनि भत्काइदिन्छ ! राजनीतिलाई समाप्त गरिदिन्छ ।
भत्काइदिएको छ,
समाप्त पारिदिएको छ । त्यसैले राष्ट्रको आत्माको रक्षा गर्नु पर्दछ, अभाव र कमीहरूलाई सुधार्दै, सच्याउँदै राष्ट्रकोकेन्द्रको जगेर्ना गर्नु पर्दछ

त्यसैले शास्त्रले भनेको हो ––
“धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः । तस्माद्धर्मो न हन्तव्यो मा नो धर्मो हतोऽवधीत् । “

धर्मको नाश गर्नेलाई त्यही नाश गरिएको धर्मले विनाश गरिदिन्छ र धर्मको रक्षा गर्ने धर्म रक्षकलाई त्यसरी रक्षित धर्मले रक्षा गरिदिन्छ ।
यसैकारण नाश गरिएको धर्मले आफ्नै नाश नगरोस भनेर म कहिल्यै धर्मको नाश गर्दिन,अर्थात धर्मको हत्या कहिल्यै गर्नुहुन्न भनेर महाभारतमा युधिष्ठिरले यक्षलाई धर्मको रक्षा किन गरिनु पर्दछ भन्ने प्रश्नको उत्तरमा उल्लेख गरेका छन् ।
आफ्नो राजनीतिक महत्वाकांक्षाका दिल्लीमा १२ बुँदे सम्झौता गर्ने सम्झौताकारी पक्षहरूले राष्ट्रको आत्माको हत्या र केन्द्र भत्काउने कार्य गरेको परिणाम उनीहरूको राजनीतिको हकमा के भयो ?
काङ्ग्रेस, एमाले, माओवादीले अझै गम्भीर भएर सोच्ने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

राष्ट्रिय राजनीतिमा भइरहेको तमासालाई नियालिरहेका छौंः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरु यतिबेला नेपाली राजनीतिमा देखिएको