नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइनः माधव नेपाल(अन्तरवार्ता)



पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूमाथि गरिएको निलम्बनको कारबाहीपछि प्रचण्डसँग नमिलीकनै अलग्गै रूपमा नेकपा एमालेको पुनर्गठन गर्ने बताएका छन् । सोमबार बीबीसीलाई दिएको अन्तरवार्तामा उनले देशभर ‘जिल्ला कमिटीहरू पुनर्गठनको अभियान सुरु भइसकेको’ बताए । सोमबार अपराह्न प्रधानमन्त्री ओलीले नेता नेपाल र एमाले उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि साधारण सदस्य नरहने गरी पार्टीबाट निलम्बन गरेका थिए । ओली हाल नेकपा एमालेको ’वैधानिक अध्यक्ष नरहेको’ भन्दै नेता नेपालले आफू विरूद्धको कारबाहीलाई पूर्ण रूपमा अस्वीकार गर्ने बताए ।
नेता नेपालसँग बीबीसीका लागि विष्णु पोखरेलले गरेको कुराकानी।

प्रधानमन्त्रीको कदमप्रति तपाईँको प्रतिक्रिया के छ ?

यो कदमबाट उहाँ कति निरकुङ्श हुनुहुन्छ, कति स्वेच्छाचारी हुनुहुन्छ भन्ने कुरालाई बताइरहेको छ । उहाँ कम्युनिस्ट आन्दोलनलाई तहसनहस बनाउने कुरामा पार्टीलाई छिन्न भिन्न बनाउने कुरामा उद्यत हुनुहुन्छ। । उहाँलाई कम्युनिस्ट आन्दोलन र पार्टीको कुनै माया छैन। उहाँको आफ्नै हैसियत अवैधानिक भइसकेको छ । उहाँले फाल्गुन २८ गते बैठकको नाममा जुन गुटको भेला गर्नुभयो त्यो नै अवैधानिक भएकाले त्यसबाट गरिएका कुनै पनि निर्णय स्वीकार गर्न सकिदैँन । त्यही भएर उहाँको यो कदमलाई म पूर्ण रूपमा अस्वीकार गर्छु। देशभरका कार्यकर्ताहरूलाई दृढताका साथ केपी ओली गुटविरुद्ध सङ्घर्षको मैदानमा उत्रिन म आह्वान गर्छु । उनको सामूमा कसैले आत्मसमर्पण गर्नु जरुरी छैन। दृढताका साथ मोर्चामा उभिनु पर्दछ। आन्दोलनको पक्षमा अघि बढ्नुपर्दछ ।

यो कारबाहीपछि नेकपा एमाले पनि विभाजनको दिशामा जान लागेको हो?

त्यो कुरा म पछि गर्छु, सबैको बीचमा छलफल गरेर। केपी ओलीले यो पार्टी टुक्राउन, छिन्नभिन्न पार्न खोजिरहेका छन् । उनी यो पार्टीको केन्द्रीय कमिटीको वैधानिक अध्यक्ष पनि रहेनन् । उनले केन्द्रीय कमिटी भङ्ग गरिसके । अहिले उनले केन्द्रीय कमिटीको अध्यक्षको हैसियत नै गुमाइसके ।

कतिपयले तपाईँ पार्टीमा अब एक्लिनुभयो, तपाईँकै पक्षका मानिसहरूले पनि साथ दिइरहेका छैनन् भन्छन् नि ?

सबै साथमा हुनुहुन्छ । म आजै बैठक बसिरहेको छु। दृढताका साथ अघि बढ्न भनेर देशभरिबाट फोन आइरहेको छ । अघि बढ्नुस् हामी तपाईँको साथमा छौँ भनिरहनुभएको छ । पार्टीभित्रका असल र क्रान्तिकारी कार्यकर्ताहरू मेरो साथमा छन् र हामी एकताबद्ध भएर अघि बढिरहेका छौँ ।

प्रधानमन्त्रीको पक्षका नेताहरूले विगतमा तपाईँले कारबाही गर्नुभएको थियो अहिले ओलीले गर्नुभयो। ‘जस्तालाई त्यस्तै’ भयो भनिरहेका छन् । यसबारेमा के भन्नुहुन्छ ?

उहाँहरूले नेकपा छोडेर हिँड्नुभएको थियो । नेकपा एमाले हाम्रो हो । केपी ओलीको होइन। यसको निर्माणमा केपी ओलीको कुनै भूमिका पनि छैन र एमालेलाई सिध्याउन खोजिएको हो ।

अब तपाईँहरू एक ठाउँमा बस्ने अवस्था देखिएन । पार्टी दुईवटा नै हुने भयो होइन?

लक्षण त्यस्तै छ ।

अन्त्यमा, अब तपाईँ प्रचण्डसँग मिलेर अघि बढ्नुहुन्छ कि?

त्यस्तो चाहिँदै चाहिँदैन । हामीले देशव्यापी रूपमा सङ्गठन निर्माण गरिरहेका छौँ । गोर्खा, अर्घाखाँचीमा जिल्ला कमिटीहरू बनिसकेको छ । जम्मै ठाउँमा जिल्ला कमिटीहरू पुनर्गठनको अभियान सुरु भइसकेको छ । देशव्यापी रूपमा कार्यकर्ता भेलाहरू सुरु हुन थालिसकेकै छ । केपी ओलीसामू आत्मसमर्पण गर्ने व्यक्तिहरू कम्युनिस्ट आन्दोलनलाई सिध्याउने व्यक्तिहरू हुनेछन् र उनको गुटवादी जमातमा जाने व्यक्तिहरू हुनेछन् । कम्युनिस्ट पार्टीको पक्षमा रहनेहरू एक ठाउँमा उभिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन