एउटा आयोजना सम्पन्न गर्न ३० बर्ष खर्चिने देशले कुन गतिमा प्रगति गर्छ भनेर बुझ्न मेलम्चीलाई हेर्नुपर्छ



विष्णु रिजाल ।

बहुप्रतिक्षित मेलम्चीको पानी आजबाट काठमाडौँका धारामा झर्न थाल्दा स्वाभाविक खुसियाली छाएको छ । वास्तवमा यो आयोजना हाम्रो सफलताको होइन, असफलताको नमूना हो । एउटा आयोजना सम्पन्न गर्न ३० बर्ष खर्चिने देशले कुन गतिमा प्रगति गर्छ भनेर बुझ्न मेलम्चीलाई हेर्नुपर्छ । तथापि, कालो बादलमा चाँदीको घेराका रुपमा यसले दैनिक जीवन र सामाजिक मनोविज्ञानमा उल्लेखनीय सकारात्मक प्रभाव पार्ने निश्चित छ ।

नेपालमा ठूला आयोजना पनि सम्भव छन् भन्ने आत्मबल मेलम्ची जस्तै ठूला आयोजनाहरुको सफलताले बढाउँछ । मुखका भरमा छनोट हुने टुक्रे आयोजनालाई विकास मानेर रमाइरहेको आम प्रवृत्तिभन्दा माथि उठेर पोखरा, भैरहवा र निजगढ विमानस्थल निर्माण, मध्यपहाडी र मदन भण्डारी राजमार्गको पूर्णता, पूर्व–पश्चिम राजमार्ग विस्तार, चीनसँगको बाटो विस्तार, माथिल्लो तामाकोशी, माथिल्लो कर्णाली, बुढी गण्डकी जस्ता परियोजना निर्माण जस्ता परियोजनाले नै हाम्रो देशको विकासको कायापलट गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

राष्ट्रिय राजनीतिमा भइरहेको तमासालाई नियालिरहेका छौंः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरु यतिबेला नेपाली राजनीतिमा देखिएको

सदन चल्ने सहज वातावरण नभए अध्यादेशको बाटो रोज्नुपर्ने हुन्छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा