कस्तो राम्रो कुरा नि धर्मशास्त्रमा



डा. अरुणा उप्रेती ।

मनुस्मृति र महिला सुरक्षा को बारेमा कति राम्रो कुरा
१.  धर्मशास्त्रले बलात्कारका अपराधमा अपराधीलाई अत्यन्त कडा दण्ड दिने र वास्तवमा निष्काम हुँदाहुँदै बलात्कृत हुन पुगेका महिलालाई शास्त्रीय विधिले प्रायश्चित्त गराएर चोख्याउने समेत व्यवस्था गरेर महिलाप्रति न्यायपूर्ण व्यवहार गरेको छ । किन्तु बलात्कृत भएकी महिलालाई प्रायश्चित्त गराएर चोख्याउने परिपाटी हाम्रा समाजमा नदेखिएको मात्र हो । बलात्कृत महिलालाई चोख्याउनु पर्ने ? किन होला ?

२. मनुस्मृतिले महिलाका सुरक्षाका निम्ति विशेष निर्देश दिएको देखिन्छ—
पिता रक्षति कौमारे भर्ता रक्षति यौवने ।
रक्षन्ति स्थविरे पुत्रा न स्त्री स्वातन्त्र्यमर्हति ।।९।३।।
अर्थात् बाल्यकालमा बाबुले, यौवनावस्थामा पतिले र वृद्धावस्थामा छोराहरूले स्त्रीको रक्षा गर्छन् । स्त्री कहिल्यै पनि स्वतन्त्र रहन हुँदैन अर्थात् अरू कसैबाट पनि रक्षित नभैकन एक्लै रहन हुँदैन। यसको तात्पर्य स्त्री स्वतन्त्र रहेर आफ्नाे रक्षा गर्न प्रायः सम्भव हुँदैन भन्ने हो
स्त्री स्वतन्त्र रहेर आफ्नाे रक्षा गर्न प्रायः सम्भव हुँदैन रे नि किन गर्ने होला ?

३.  महिलाको चरित्रको वा सतीत्वको रक्षा गर्न ऊ स्वयं चरित्रवती भएर मात्र पनि नहुन सक्ने र कदाचित् कुनै पुरुषबाट बलात्कृत भएमा पनि उसको सतीत्व नष्ट भएको मानिन सक्ने देखिएकाले तथा पुरुषको चारित्रिक शुद्धताचाहिँ ऊ आफू स्वयं चरित्रवान् भए मात्र पनि रहन सक्ने देखिएकाले धर्मशास्त्रले महिलालाई बढी सुरक्षा आवश्यक पर्ने कुरा बताएको हो ।
कस्तो गजबको थ्यौरी आमोदवर्धन कौण्डिन्न्यायन को ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले लिए अनुमति

  काठमाडौँ । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय

सुनिल पौडेललाई ९ वर्षको कैद र २३ करोड २६ लाख जरिवानाको फैसला

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्षको कैद सजाय