प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले दुईवटा वार्षिक प्रतिवेदन पेश गर्ने



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट लोक सेवा आयोगको ६१ औँ प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पूर्व राष्ट्रियसभा सदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। कोइरालाको विहीबार निधन भएको हो। प्रतिनिधि सभा पुनःस्थापना पछि आज चौथो बैठक बस्न लागेको हो।

राजनीतिक दलको किचलोका कारण संसद बैठक सहज रुपमा अगाडी बढ्न सकेको छैन्। यसअघि गत मंगलबारको बैठकमा पूर्व सांसद एवं खानेपानी मन्त्री दिनेश चन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै आजका लागि बैठक तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत असोज

जापानको रोजगारीमा नेपाली श्रमिक पठाउने कार्य छिट्टै अघि बढ्ने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले चाँडै नै औपचारिक

नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

काठमाडौँ । नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री ओली दोहामा

दोहा । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ