किन हामी यो स्थितिमा छौँ ?



केशवप्रसाद भट्टराई ।
१. राजनीति र विदेश नीति कुनै वर्ग लक्षित हुन्न,सम्पूर्ण राष्ट्र लक्षित हुन्छ I तर सात सालदेखि नेपालका कम्युनिस्टहरूले निम्न मध्यम बर्ग लक्षित राजनीति र विदेश नीति अवलम्वन गरे I तिनलाई साथमा राखिरहन झूठा सपनाहरू देखाइरहे I ती सपनाले माग्ने उत्पादनमुखी परिश्रम, लगन , शीप र क्षमता आर्जन गर्न सिकाइएन, सिकाउने राजनीतिक साहश र इच्छा शक्ति नै राजनीतिसँग रहेन I

२. सम्पन्न मुलुकका नेताहरूका लागि समेत सम्भव नभएका उच्चस्तरीय र सम्भ्रान्त जीवनशैली तल देखि माथिसम्मका कथित नेताहरूलाई उपलव्ध गराउने भार गरीव जनताको करबाट सङ्कलित राज्य कोशले बोकिरह्यो I
काम गर्न, उद्योग गर्न, श्रम गर्न,शीप, कौशल, योग्यता र क्षमता आर्जन गर्न नसिकाउने जनताको गोजी, र राज्यको ढुकुटीबाट चोर्न, लुट्न, खोस्न मात्रै सिकाउने राजनीति कति धानिने ?

३. झूठा सपना,भ्रम र अराजक सोच र विचारको बलमा सत्ताको शिखरमा पुगे I
सत्तामा पुगेपछि विश्व राजनीतिको शक्ति सन्तुलनको यथार्थ चित्र पनि देखियो I
तर लामो समयसम्म विपरित स्कूलिङ्मा प्रशिक्षित नेता र कार्यकर्तालाई त्यस्तो यथार्थ विश्व परिवेशमा नेपालका लागि उपयुक्त मार्गमा लैजान सहज र सम्भव रहेन I
यही समस्या र चुनौती हाम्रो राजनीतिमा अनुवाद भइरहेको हो भन्ने लाग्दछ I

४. सत्य बोल्न नसक्ने, सत्यमा आधारित राजनीति गर्ने हुती नभएकाहरूले झूठ, भ्रम र अन्यौलको बुइचढेर गर्ने राजनीति यस्तै हो !
झूठा सपना,भ्रम र अराजक सोच र विचारको बलमा मानिसलाई पछि लगाउनु सजिलो हुन्छ तर सत्य, न्याय, विवेक, संयम र सन्तुलनको बाटोको राजनीति कठीन मात्रै नभएर धेरैकालागि असम्भव नै हुन्छ I
हामी सम्भव र सहजबाटोमा छैनौ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले लिए अनुमति

  काठमाडौँ । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय

सुनिल पौडेललाई ९ वर्षको कैद र २३ करोड २६ लाख जरिवानाको फैसला

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्षको कैद सजाय