राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई छलफलका लागि बोलाएकी छिन् । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अुनसार राष्ट्रपतिले मंगलबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक डाकेकी हुन् ।
देशमा राजनीतिक संकट चुलिइरहेका बेला राष्ट्रपतिले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई छलफलमा बोलाएकी हुन् । यसअघि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।
सर्वोच्चको पछिल्लो फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि एमालेमा विवाद बढेको छ । ओली एकलौटी ढंगले अघि बढेका छन् भने ओलीको कदमपछि वरिष्ठ नेता माधव नेपाल पक्षले पनि समानान्तर कमिटी गठन गरेको छ ।