हामीसँग शक्तिशाली खेलाडी रहेकाले खेल जित्नेमा ढुक्क छौंः शिक्षामन्त्री श्रेष्ठ



काभ्रे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा उनले अहिले मुलुकमा राजनीतिक फुटबल खेल शुरु भएको बताए ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको दिनदेखि नै राजनीतिक फुटबल खेल शुरु भएको र आफूहरुसँग शक्तिशाली खेलाडी रहेकाले अन्त्यमा खेल आफूहरुले नै जित्ने जिकिर गरे । यसअघि पनि बल हानिसकेको अवस्थामा पोलमा ठोक्किएर फर्किएको उल्लेख गर्दै उनले अबको प्रहारमा गोल गर्नेमा आफूहरु नै हुनेमा ढुक्क रहेको बताए ।

उनले हेभी इक्विपमेन्ट चालकलाई चालक अनुमतिपत्र वितरण गर्ने प्रक्रिया सहज नभएको उल्लेख गर्दै अब समस्या समाधान गर्नमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस र एमालेद्वारा सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कांग्रेस र एमालेले चार सदस्यीय कार्यदल

खानेपानीको विद्यमान समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः मन्त्री यादव

वीरगञ्ज (पर्सा)  । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज र आसपासका क्षेत्रमा देखिएको खानेपानीको समस्या

चाडपर्व सुरु हुनुअघि नै सडकका खाल्डाखुल्टी  पुरिसक्न भौतिक पूर्वाधार मन्त्रालयको निर्देशन

  काठमाडौँ । दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि