गॉजाबिरूद्धमा ब्रेनवाश



भीम उपाध्याय ।

साढे ४ दशकअघि ०३३ सालमा अमेरिकाको दबाबमा नेपालले गॉजा प्रतिवन्ध लगाउने कानुन जारी गरेको थियो। त्यसपछि नेपालको कालोसुन बिरूद्ध नेपालीलाई भूत विद्या पढाईदै गईयो। दिमाग भुटिदै लगियो। त्यसमाथि गॉजाजस्तो बहुमूल्य मानवजातिका परम मित्रलाई हेय दृष्टिले हेर्न बाध्य पारिदै लगियो। यसमा दिग्भ्रमित पार्न एनजीओहरूलाई फण्डिंग गरियो। ०३३ साल पछि जन्मेका मानिस अहिले जो ४३ वर्ष उमेर पुगिसकेका छन् वा त्यसबेला १०,१५ वर्ष जो थिए तिनका गिदीमा गॉजाबिरूद्ध विष घोलिएको अवस्थामा हुर्कदै गए। तिनलाई जेजे सिकाईयो, तिनले सिक्दै आएर झन् आफैबिरूद्ध बुद्धि भुटियो र आत्मघाती विद्यालाई नै महाज्ञान ठान्दै गए। आफ्नो भाषा, संस्कृति, परम्परागत ज्ञान, आयुर्वेद, साहित्य, शिक्षा , बिज्ञान वा परम्पराप्रति शत्रूत्व कसरी गरेमा झन् बुद्धिजीबी र विद्वान कहलिन्छ भन्नेमा दिगभ्रमित पार्दै लगियो। आफ्नै धर्ति र आफ्ना मौलिकताप्रति घृणा सिकाएर सजिलै दास बनाईयो।

नेपालीको अहिले विश्वमा कुनै पहिचान र अस्तित्व देखिन छाडेको छ, बदनाम, चरित्रहीन, भ्रष्ट परनिर्भर, विदेशीको दलाल देश कहलिन थालेको छ। सांस्कृतिक धरोहरमाथि बन्चरो हान्न नेपालको नक्सा बनाएको केक काण्ड, होलीवाईन काण्ड वा बुर्जुवा शिक्षा काम छैन भन्ने खुब ढोल पिट्दै गएका छन्। नेपाली न घरका न घाटका हुदै गएका छन्। बिदेशी ठग्न मात्र बुद्धको नाम लिन थालियो। यही शान्तिका दूत बुद्धको जन्मभूमि, शान्तिभूमि चैँ हत्या, हिंसा भ्रष्ट, विदेशीका दलालगिरीको नम्बरी देशमा गनिन थाल्यो।

अब त्यस्तो गलत प्रवृत्तिलाई नेपालीले कुकुरले हड्डी त्यागे जस्तो गर्ने बेला आएको छ। गॉजाबिरूद्धको भूत तान्त्रिक उपचार र विषाक्त गिदीको न्युरोशल्यक्रिया पनि अब सुरू गर्दै लैजानु पर्छ । मुलुक पुनर्जागरणको चरणमा प्रवेश गर्दैछ। नेपालीले आफ्नो परम्परागत गौरव र पहिचानको पुन खोज गर्न थालेको छ। गॉजाबिरूद्धको ब्रेसवाशलाई डि-ब्रेनवाश गर्ने काममा मैले पनि सानो पहल मात्र सुरू गरेको हो। यो पहलका पक्षमा क्रिटिकल मास दिन दुना रात चौगुणा बढ्दै गएको छ। अरूको दिमाग र रिमोटमा नचलेर बेउकूफ बन्न नचाहने ईमानदार देशप्रेमी नेपालीहरू जागरूक हुदैछन्। रिमोटमा चल्ने लत परेका बेउकूफहरूको कुरा गरेर आफू बेउकूफ कदापी बन्न हुदैन।
दिमागी भूत उतार्ने काम जारी रहोस्। नेपालीले आफ्नो मौलिकताको खोज पहिचान र परिचयको पुन:स्थापना गर्न सुरू गरिसकेका छन्। फलाम तातेको छ, घन ठोक्नुपर्छ।

नेपाली मूर्खहरूले गॉजालाई दोष दिनु ‘आफ्नी छोरी उत्ताउली तन्नेरीलाई दोष’ भनेर औला देखाएसरह हो। यस्ता कुरा अतिरंजना हो । गॉजाको कुलतमा फसेका कोही छन् भने त्यसको दोष गॉजा हुदैन। गाडी चढ्दा मर्न सकिन्छ, डाक्टरले अपरेसन गर्दा मर्न सकिन्छ, चिया पिउदा सर्केर मान्छे मरिरहेका छन्, पौडी खेलेर व हिमाल चढेर मर्छन्, बिजुली करेन्ट लागेर, मोबाईल पड्केर, चुरोट-रक्सी खाएर, हवाईजहाज खसेर, आत्महत्या गरेर दैनिक लाखौलाख मान्छे मरिरहेका छन् । यी सबै कसको कारणले हो? के ती सबैलाई प्रतिवन्ध नगरेर हो? सबैलाई प्रतिवन्ध लगाउने हो त? कुलती, कमजोर मनस्थिति, रोगी, बेरोजगार, आत्मविश्वासहीन, घरपरिवारमा झैझगडा, बेईज्जति भोग्नेहरू कुलतमा फसेर जिवन बर्बाद गर्छन्। त्यस्ता समस्याको उपचार अलग तरिकाले गरिनुपर्छ। मान्छे भनेको विवेकी हुन्छ, के गर्ने के नगर्ने बुझ्छन्। पशुहरूले पनि खान नहुने चिज भोक लागे पनि अगाडी देख्दैमा खान्नन्। अनि मान्छेहरू बिग्रेर कुलती हुनुमा को दोषी? गॉजाको चिन्ता लिने कि आफ्नो? कैयन खराबी गर्ने वस्तुहरू खुला छन्, तिनलाई प्रतिवन्ध लगाउन वा लागे हुने गॉजाका बैरीहरू बरू! अन्य आम्दानी हुने कृषिमा लागेर, काम गरेर, कमाउनबाट के गॉजाको फुकुवा हुँदा कसैलाई रोक्छ? अवैध गॉजाले रोकेको हो? कि वैध भएपछि रोक्छ?

गॉजा नपाईने ठाउँ मुलुकमा कतै छैन। गॉजा प्रतिवन्धित हुदा पनि खाएकै छन्, खॉदा रहेछन् त! कोही मरेका, कसैको बिगार गरेका छैनन् त!
रक्सी चुरोट खुला छ । सबैले खाएर, मातेर सडकमा लडिरहेका, जताततै फुस्याहा कुकुरले तिनका मुखमा सुगरेको देखिनुपर्ने नि, तिनलाई यसरी खुला गरिदिएर सरकारले खा कि खा भनेकै हो, किन सबैले नधोकेका होलान्? गॉजा बिरूद्ध यस्ता जड्याहॉ कुतर्क गर्न हुदैन, कानुनमा दुरूपयोग रोक्ने तरिका थुप्रै छन्, कानुन हुन्छ। वैध बनेपछि नागरिकलाई नियमन गर्ने कानुनले हो। कानुन बिपरित जॉदा सजाय दण्ड हुन्छ । प्रतिवन्ध लगाएर आत्मघाती काम गरेर काम हुदैन। गॉजा कालो सुन हो। बहुमुल्य गॉजा संसारभरि अब खुला वा वैध हुदैछ। हजारौं संस्थाका रिसर्चले, WHO/UN ले गॉजालाई रामबाण औषधी मानिसकेको छ।

नेपाली मूर्ख हुदैमा यसका बिरूद्धमा बहकिदा विश्वमा गॉजामा अघि बढ्न रोकिन्न। रकेट छुटिसक्यो, जो चढेन छुट्यो, ट्वॉ पर्ने ती हुन्, ती छुट्छन्। आजसम्म यति ट्वॉ पर्दा पनि चेतेनन्। नेपालमा वर्षेनी खुला रहेको रक्सीले २८ हजार जना र सूर्ति चुरोटले ६ हजार जना मर्छन्। गॉजाले १ जना पनि रोगी भएर मरेको रेकर्ड छैन। यस्ता घातक रक्सी चुरोट पो प्रतिबन्धित हुनुपर्ने! प्राकृतिक विचरा झार गॉजालाई अपराधिकरण गर्ने? बुद्धि पनि कति सड्केको हँ?

संस्कृतमा गॉजाको ४ दर्जन नाम छ-
विजय, अजय, जय, आनन्द, बहुवधिनी, भांङ, भेगिनी, भरिता, कपला, कप्ता, चपला, चरस, सिदलहड, दिब्यका, ध्यानवर्धनी, गॉजा, गंजकिनी, गर्तभांग, हर्षनी, हर्षिनी, हुर्षिनी, ईन्द्राशन, कालाग्नी, मदद्रब, मोदिनी, मनोन्मन, मुल्तानी, मदकुरानी, मोहिनी, पशुपसबीनयनी, रन्जिका, सिद्धिदी, सिद्ली, सुकनिधन, तन्द्राकृत।
विदेशमा हैम्प, केनाबिस, मरूआना, वीड, पट, हसिस नामले चिनिन्छन्।
नेपालमा अत्तर पनि भनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ पार्टी गठन गर्न जसपाका अशोक राई पक्षद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । आइतबार पार्टीका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष, वार्षिक जनसंया बृद्धिदर शून्य दशमलव ९२ प्रतिशत

  काठमाडौँ ।   राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

जापानी विदेशमन्त्री योको र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जापानकी विदेशमन्त्री कामीकावा योकोबीच भेटवार्ता भएको

विदेशीको इशारामा प्रचण्डले सत्ता समीकरण परिवर्तन गरेको अध्यक्ष लिङ्देनको दाबी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको दवाव र प्रभावका कारण