बा’ले त हुँदो खाँदोको एमाले आफ्नो स्वार्थका लागि सिध्याएर नयाँ पार्टी बनाएका होइनन् ?



नारायण गाउँले । 
स्थानीय चुनावमा एक्लै बहुमत ल्याउन सफल एमालेलाई विघटन गर्ने र प्रचण्डसँग मिलेर नेकपा नामको नयाँ पार्टी खड़ा गर्ने व्यक्ति को हो ?
पार्टीभित्र सामान्य छलफलसमेत नगरी एमालेलाई माओवादीसँग विलय गराउने व्यक्ति को हो ? नदीमा खोलाको छुट्टै अस्तित्व हुन्न भन्दै अब एमालेको अस्तित्व बाँकी नरहेको भाषण गर्ने व्यक्ति को हो ?

आफ्नै भाषामा सकिन लागेको माओवादी र प्रचण्डलाई रेस्क्यु गर्ने र अध्यक्ष बनाउने को हो ? के एमालेलाई सिध्याएर नेकपा बनाउने काम माधव नेपालले गरेका हुन् ? एमालेको अस्तित्व छैन भनेर पहिलो भाषण झलनाथ खनालले गरेका हुन् ? एमालेको विघटनलाई ऐतिहासिक र अग्रगमन भनेर भाषण गर्ने पहिलो नेता ओली होइनन् ? प्रचण्डलाई पार्टी आलोपालो प्रधानमन्त्री दिनेदेखि कार्यकारी अध्यक्ष बनाउनेसम्मका निर्णय ओलीले नै गरेका होइनन् ?

जिल्ला जिल्लामा एमाले जिल्ला अध्यक्षलाई माओवादीसँग एकीकरणको नाममा जिल्ला सचिवमा घटुवा गर्ने व्यक्ति ओली नै होइनन् ?
माधव नेपाल र झलनाथ खनाल त एमाले विघटन गर्ने निर्णयसँग ऊबेला पनि सन्तुष्ट थिएनन् । एमालेमोह त त्यस्तै हो, आफ्नो वरीयता प्रचण्डभन्दा तल हुने देखेर ती एकीकरणसँग खुशी थिएनन् ।

के अहिले एमाले ओलीले ब्यूँताएको हो ? माओवादीसँग मिलेर केपी ओलीले विघटन गरेको एमाले अदालतले ब्यूँताएको होइन ? केपी ओलीले चालेको प्रक्रिया गलत थियो भनेर एमालेकै सदस्यहरूलाई त्यो पार्टी फिर्ता दिएको होइन ?

ओलीको लहड़मा विघटन भएको एमाले ब्यूँतिनुलाई केही छोराछोरीहरूले बा’को विजयको रूपमा व्याख्या गर्नु त हदैसम्मको चाकरी भएन ? बा’ले त हुँदो खाँदोको एमाले आफ्नो स्वार्थका लागि सिध्याएर नयाँ पार्टी बनाएका होइनन् ?

यो पाँच वर्ष अवैधानिक र षड्यन्त्रपूर्ण एकीकरणका नाममा चुनाव जित्ने, त्यसको आधा समय एकीकरणको व्याख्या र महानता बारे भाषण गरेर बिताउने अनि आधा समय फुट्नु नै महान् उपलब्धि र विजय हो भदै नाचगान गरेर बिताउने !
कार्यकर्ता हुनुसम्म त एउटा कुरो होला, दास नै बन्न त ठूलो छाती चाहिन्छ । र, हामीसँग त्यस्तो छातीको कमी रहेनछ !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नु हुँदैनः सचिव भट्टराई

ताप्लेजुङ ।  नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी

टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्य अन्योलमा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर

सहकारी प्रकरणका कारण संसद चल्ने नचल्ने निश्चित छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा देखिएको समस्या समाधानका लागि