अबको आन्दोलन पनि निरंकुशताविरुद्ध र जनताकै अधिकारका लागिः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले चलेको लडाईं सबैको हक अधिकारसहित नयाँ राष्ट्रिय एकताका निम्ति भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आायोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले जसका निम्ति संघर्ष गरेको हो त्यो वर्गले नै नचिन्दा चिन्ता लाग्ने बताए । उनले भने, ‘सबै जाति, क्षेत्र, लिङ्ग र उत्पीडित क्षेत्रका जनताको हक अधिकार प्राप्त गरी नयाँ राष्ट्रिय एकता बनोस् भन्नका निम्ति लडेको लडाईं हो यो ।’

उनले आफूलाई विरोधीहरुले आरोप लगाउनु र गाली गर्नु सामान्य भएको बताए । उनले पछिल्लो पटक जनतासँग जोडिने अवसर पाएको भन्दै जनताका निम्ति गरिने संघर्षलाई ठीक ढंगले जनताले बुझोस् भन्ने चाहना आफूलाई पनि हुने बताए ।

अध्यक्ष प्रचण्ड सबैको हक अधिकार स्थापीत गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाई भएको जिकिर गरे । उनले यसअघि पनि पटक पटक आफूलाई राक्षस प्रवृतिको भन्दै चित्रण गर्न खोजेको भन्दै प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताए ।

आफूलाई पटक पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफूलाई जोगाएको भन्दै उनले अबको आन्दोलन पनि निरंकुशता र जनताकै अधिकारका लागि भएको बताए । जनताको बिचार सही भए सही नेता चुनिने र विचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस र एमालेद्वारा सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कांग्रेस र एमालेले चार सदस्यीय कार्यदल

खानेपानीको विद्यमान समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः मन्त्री यादव

वीरगञ्ज (पर्सा)  । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज र आसपासका क्षेत्रमा देखिएको खानेपानीको समस्या

चाडपर्व सुरु हुनुअघि नै सडकका खाल्डाखुल्टी  पुरिसक्न भौतिक पूर्वाधार मन्त्रालयको निर्देशन

  काठमाडौँ । दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि