माओवादी केन्द्रले सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलायो
काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ ।
शनिबार बिहान बसेको स्थायी कमिटीको बैठकले केपी शर्मा ओली नेतृत्को सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकले एमालेले केन्द्रीय सदस्य बनाएका नेताहरुलाई पार्टी परित्याग गरेको हो वा होइन २४ घण्टाभित्र लिखित जानकारी गराउन निर्देशन दिने निर्णयसमेत गरेको छ ।
माओवादीका तफबाट गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । बैठकले आइतबार केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । बैठकले चैत २ गतेका लागि बोलाएको कार्यकर्ता भेला स्थागित गरेको छ ।