एमालेमा ओलीले खोसे नेपाल पक्षका नेताको जिम्मेवारी, बादललाई वाग्मती प्रदेश इन्चार्जको जिम्मेवारी



काठमाडौं । सत्तारुढ नेकपा एमालेको दशौं महाधिवेशन तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले आगामी २०७८ साल मंसिर २ देखि ६ गतेसम्म एमालेको महाधिवेशन तय गरेको हो ।

बैठकले एमालेले सातै प्रदेशको इन्चार्ज तोकेको छ । बैठकले प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा ‘बादल’, प्रदेश चारमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ ।

बैठकले रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वतः केन्द्रीय सदस्य भएका छन् । योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ । बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस र एमालेद्वारा सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कांग्रेस र एमालेले चार सदस्यीय कार्यदल

खानेपानीको विद्यमान समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः मन्त्री यादव

वीरगञ्ज (पर्सा)  । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज र आसपासका क्षेत्रमा देखिएको खानेपानीको समस्या

चाडपर्व सुरु हुनुअघि नै सडकका खाल्डाखुल्टी  पुरिसक्न भौतिक पूर्वाधार मन्त्रालयको निर्देशन

  काठमाडौँ । दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि