विदेशी झोलेतन्त्र देशका लागि अभिसाप हो



भरत दाहाल ।
दशथरी एनजिओ र विदेशी दूतावासका शर्तहरु राखेर बनाईएको संविधान र कानूनको विरोधाभाषमा विदेशी दलालहरु नराम्ररी जेलिंदै गएका छन् । यीनीहरुको एउटा कानूनले नेकपा दर्ता गरेर चुनाव लड्न दिन्छ, अर्को कानूनले त्यसैलाई अवैध घोषणा गर्छ । यीनीहरुको एउटा कानूनले नेकपाका उम्मेदवारका रुपमा चुनाव जितेकाहरुलाई माननीय ठान्छ भने अर्को कानूनले दल खारेज भएपछि तिनीहरुको वैधानिकता सोध्छ ।

कर्मचारीतन्त्रमा हुने निर्णयहरु पनि झोलेहरुको तजबिजमा । विदेशी दूतावास र एनजिओका झोलेहरुले संसदको पुनःस्थापना गरे । एमाले र एमाओवादीका झोलेहरुले एउटा नेकपा दर्ता हुँदाहुँदै झोले जागिर थाम्न अर्को नेकपा दर्ता गरे । नेकपा मुद्दा हेर्ने बेञ्चमा अर्काका झोलेहरु परे र निर्वाचन आयोगको झोले निर्णय खारेज गरिदिए । झोलेतन्त्रले आफ्नो पक्षमा फैसला गर्दा जिन्दावाद, प्रतिकूल निर्णय गर्दा मूर्दावाद !
संविधान र कानूनहरु विदेशी दूतावास र एनजिओहरुको खिचडी, कर्मचारीतन्त्र झोलेहरुको खिचडी, दलहरु विदेशी गिरोहका खिचडी । उछृंखलता र विध्वंशलाई राजनीतिक संस्कार मानेर आएका जंगली बन्दरहरुले देश र नागरिकहरुलाई धरापमा हालेर मार्ने विदेशी मिसनमा विकास गरेको विरोधाभाषमा आफैं फसेका छन् । यीनीहरु सडकछाप भएका छन् र अन्त्यको सुरुवात भएको छ । विरोधाभाष र विसंगतिको गलपासोमा बेरिएर यीनीहरुको स्वाशप्रश्वास बन्द हुनेछ ।

यो विदेशी झोलेतन्त्र देशका लागि अभिसाप हो । विदेशी दलालहरू देशका लागि पिलोभित्र पाकेको पीप हुन् । यीनीहरूको संविधान र कानून दशथरी अन्नदाताहरूका शर्तले भरिएको विरोधाभाषपूर्ण द्वन्द्वको बिज हो । आफ्नो अस्तित्वलाई जोगाउन दलालहरूले जुन नाटक मञ्चन गरिरहेका छन्, केही समयपछि यो भद्दा प्रहसनका रूपमा परिणत हुनेछ । यीनीहरू संकटबाट मुक्त हुँदैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय